News Category 2078/11/27
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराज भन्सार कार्यालयमा राखिएको अवैध सवारीसाधनहरु लिलामी नहुँदा त्यही सड्न थालेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयमा २०६८ सालदेखी हालसम्म राखिएको ती अवैध सवारीसाधनहरु लिलामी नहुँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।
भन्सार कार्यालयका प्रमुख दिपेन्द्र झाले लिलामी हुन नसक्दा ती सवारीसाधनका कारण भन्सार कार्यालयलाई ठाउँको समेत अभाव हुन थालेको जानकारी दिएका छन् । उनले वर्षायाममा बाढीको पानीमा डुबेर समेत सवारीसाधन सड्न थालेपछि राजश्वमा पनि नोक्सानी हुने अवस्था उत्पन्न भएको बताए ।
कार्यालय प्रमुख झाले आफू तीन महिना अघि मात्र सरुवा भई आएको बताउँदै लिलामीका लागि पठाइएका सवारीसाधनको विवरण तयार पार्न लागेको जानकारी दिएका छन् ।
उनले लामो समयदेखी राखिएका ती सवारीसाधन मध्ये कतिपयको इन्जिन र चेसिस नम्बर प्रष्ट बुझिने अवस्था नरहेको बताउँदै लहानस्थित यातायात कार्यालयबाट प्राविधीक ल्याएर भएपनि ती सवारीसाधनको पहिचान गर्ने काममा लागिपरेको बताए ।
यता वर्षायाममा भन्सार कार्यालय परिसर पनि डुवानमा पर्ने हुँदा लिलामीका लागि पठाइएका सवारीसाधनको सुरक्षा र व्यवस्थापन गर्न झन समस्या भएको भन्सारका कर्मचारीहरुको भनाई छ ।
प्रहरीले चेकजाचको क्रममा नियन्त्रणमा लिएका अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाउने गरेको छ । अवैध सवारीसाधन भन्सार कार्यालयमा बुझाएपनि कतिपय सवारीसाधनको हकमा मुद्दा समयमै फैसला नहुँदा र फैसला भइसकेका मुद्दाका सवारीसाधनको पनि विगतका प्रमुखहरुले समयमै भेरिफाई (पहिचान) गर्ने काम गर्न नसक्दा लिलामी प्रक्रियामा ढिलाई भएको भन्सार कार्यालयका कर्मचारीहरुको भनाई छ ।
मुद्दाको फैसला र प्राविधिकले सवारीसाधनको पहिचान गरिसकेपछि मुल्याङ्कन समितिले तिनको मुल्याङ्कन गरि मुल्य निर्धारण गरेपछि विज्ञापन मार्फत लिलामी प्रक्रिया अघि बढाउने कानुनी व्यवस्था रहेको राजविराज भन्सार कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ