News Category 2078/11/28
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले एक पटक मात्र जनता सेवा गर्ने अवसर दिन आग्रह गरेका छन् ।
सप्तरीको महदेवा गाउँपालकिा ३ बथनाहामा सो पार्टीद्वारा शुक्रबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन् ।
“७० वर्षदेखी वभिन्नि पार्टीलाई अवसर दिदै आएकोमा एक पटक मात्र जनमतलाई जनता सेवा गर्ने अवसर दिनुस् ।” सभालाई सम्बोधन गर्दैै उनले भने, “जनमत पार्टीले जनताराज, प्रत्यक्ष लोकतन्त्र, सामुदायिक समाजवाद अन्तर्गत गासबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका कार्यहरुको व्यवस्था सुनिश्चित गर्नेछ ।”
नेपालको उत्तर र दक्षिण दुवै तर्फका सीमानाकाबाट पटक पटक जनता प्रताडित हुने गर्दा समेत समाधानका लागी जनताले भोट दिएर पठाएका काग्रेंस, कम्युनिष्ट, जसपा, लोसपा लगायतका सरकार पनि उतैको झुकावमा पर्ने गरेको आरोप समेत लगाए ।
अध्यक्ष राउतले राजाको शासन, राणाको शासन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि जनताले यातना भोग्दै आएका कारण देशमा जनताराज ल्याउने जनमत पार्टीको प्रमुख उद्देश्य रहेको बताए । चुनावमा पैसा लिएर मतदान नगर्न आग्रह गर्दै उनले अधिकारका लागि विना पैसा लिएर मतदान गर्न अपील गरे ।
जनमत पार्टी महदेवा गाउँपालिकाका अध्यक्ष कुन्दन राउतको अध्यक्षतामा आयोजित आमसभामा केन्द्रयि उपमहासचिव ई. इन्द्रजति यादव, कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव, जनमत महिला संघकी सयोंजक शुशिला यादव, नेता अनिस अंसारीलगायतकाले मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ