News Category 2078/11/29
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले तीनै तहको निर्वाचनमा यही गठबन्धनले निरन्तरता पाउने बताएका छन् । उनले आगामी तीन तहको निर्वाचनमा गठबन्धनसँगै जानु पर्ने पार्टीको धारणा समेत रहेको बताए ।
राजविराजमा शनिबार प्रेस सेन्टर नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै अहिलेको गठबन्धन ओलीको प्रतिगमन प्रबृति बिरुद्ध र जनताको चाहना बमोजिम भएकाले यसलाई भत्काएर अघि बढ्नु कसैको हितमा नहुने उनको जिकिर गरे ।
केन्द्रिय समितिको हालै बसेको बैठकले समेत गठबन्धनलाई बचाएर लैजाने निर्णय गरेको भन्दै उनले गठबन्धनमा मात्र जोड नदिएर माओवादी केन्द्रले आफ्नो शक्ति संचयनमा समेत जोड दिनुपर्ने धारणा राखे ।
उनले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको विषयमा ओलीले माओवादी केन्द्रलाई एक्ल्याउन गरेको षडयन्त्र असफल पार्न संशोधनसहित संसदबाट अनुमोदनका लागि पहल गरिएको बताए ।
गठबन्धनलाई धरापमा पार्न एमाले अध्यक्ष ओली अहिले पनि विभिन्न षडयन्त्र रचिरहेको आरोप लगाउँदै उनले गठबन्धनका शिर्ष नेताको समझदारीले त्यसलाई असफल बनाउँदै लगेका स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ