News Category 2078/11/29
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
राजनीतिक दलले जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन ।
दलित सरोकार मंच नेपालद्वारा आइतबार समुदायको समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक दलसँग जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिाहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा डा. बिजय कुमार मिश्रले जनसंख्याका आधारमा दलितलाई राजनीतिमा प्रतिनिधित्व गराउनुपर्ने बताउँदै मुलुक मै सप्तरी जिल्लामा सबै भन्दा बढी जनसंख्या दलितकै रहेकाले सोही आधारमा प्रतिनिधित्व गराउनुपर्ने बताए ।
दलित सरोकार मंच कंचनरूपका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीको १८ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तहमा २७ प्रतिशत भन्दा बढी जनसंख्या रहेकोले पालिकामा अध्यक्ष वा नगर प्रमुखको पद दिनुपर्ने धारणा राखे । राज्यद्वारा संबैधानिक ब्यबस्था अनुसार एक जना दलितलाई राजनीतिक प्रतिनिधित्व गर्ने ब्यबस्था गरेपनि जनसंख्या आधारमा सहभागिता नभएकोमा उनले गुनासो पोखे ।
उनले अब २५ प्रतिशत भन्दा बढी जनसंख्या भएको ठाउमा चक्रिय प्रणाली अनुसार प्रतिनिधित्व आरक्षण साझा धारण बनाएर जनसंख्या भएका स्थानिय तहमा जनप्रतिनिधित्व गराउन एकजुट भएर अगाडि बढनुपर्ने सुझाव समेत दिए ।
लोसपा सप्तरी बरिष्ठ उपाध्यक्ष बौवालाल शर्माले छिन्नमस्ता गाउपालिकामा ६० प्रतिशत दलित रहेपनि महिला र दलितको सहभागिता शुन्य बराबरको रहेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका नेता कमल परियारले पार्टीले दलितलाई स्थान दिईरहेको बताउदै दलितबाट पनि अध्यक्ष वा मेयर पदमा अवसर दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेकपा एमाले सप्तरीका डिक बहादुर बिश्वकर्मा, नेकपा माओवादीका प्रथमलाल राम लगायतले पार्टीले दलितलाई जनसंख्या आधारमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टीका अगुवा दलित नेताहरू तथा संचारकर्मिहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ