News Category 2078/11/29
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले संघीय सरकारको एक मन्त्रालयले पाउने रकम भन्दा पनि कम पाउने बजेटले प्रदेश संचालन गरिरहनु परेको बताएका छन् ।
मिडिया काउन्सील मधेश प्रदेशद्वारा आइतबार राजविराजमा आयोजना गरिएको संचार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सीमित श्रोत साधनका बाबजुद पनि मधेश प्रदेश सरकारले हरेक क्षेत्रको विकासका लागि काम गरिरहेको मन्त्री साहले बताए । उनले यस्तो अवस्थाका बाबजुद मधेश प्रदेश सरकारले हरेक क्षेत्रसँगै राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार र पत्रकारिता क्षेत्रको उत्थानका लागि काम गरिरहेको दाबी समेत गरे ।
मिडिया काउन्सील मधेश प्रदेशका अध्यक्ष शिवहरिप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबी कर्ण, प्रेस आउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मन्त्रालयका सचिव रामकुमार महतो, आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, सचिव भोला पासवान, महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देव, सिरहा शाखाका अध्यक्ष मनोज बनरैत यादवले पनि आ–आफ्नो सुझाव दिएका थिए ।
कार्यक्रममा सिरहा र सप्तरीका संचारकर्मीहरुलाई दुई समूहमा विभाजन गरि पत्रकार आचारसंहितामा समावेश गर्नु पर्ने र प्रस्तावित आचारसंहिताबाट हटाउनु पर्ने विषयहरुबारे समूहगत छलफल चलाइएको थियो ।
कार्यक्रममा मिडिया काउन्सीलका सदस्य कैलाश दास, बन्दना झा, रिंकु मिश्रा र अर्जुन मण्डलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ