News Category 2078/11/29
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित टेंग्रि टोलमा शनिबार मध्यरातमा भएको आगलागिमा एक दर्जन भन्दा बढी घर जलेर खरानी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगोले डम्बर यादव, श्याम यादव, दिनेश यादव, मनोज यादव, कुलदेव यादव, महेश यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र यादव, उपेन्द्र यादव, धिरज यादवलगायत १३ परिवारको घर जलेको खरानी भएको प्रहरीले जनाएको छ ।
स्थानिय डम्बर यादवको घर अगाडी थुपारेर राखिएको रुखको पातबाट शनिबार मध्यरात २ बजे अचानक सल्केको आगो समयमै नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर एक दर्जनभन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको हो । आगलागिमा परेका सबै घर फुस र काठबाट बनेका हुन् ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले आगलागिमा घर, लत्ताकपडा, खाद्यान्न, फर्निचर र ९ वटा पशुचौपाया समेत जलेर मरेको जानकारी दिए ।
राजविराज, हनुमाननगर र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा प्रहरी र स्थानियको सक्रियतामा बिहान ४ बजेतिर आगो नियन्त्रणमा आएको डिएसपी काफ्लेले बताए ।
यसैबीच मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले अग्निपीडितलाई तत्कालका लागि त्रिपाल र खाद्यान्न उपलब्ध गराएका छन् । काम विशेषले काठमाडौंमा रहेका मन्त्री साहले तत्कालै स्वकीय सचिव राजकुमार यादवमार्फत पीडित परिवारलाई त्रिपाल र खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ईं सूर्यनारायण यादवले पनि १० थान त्रिपाल र भाडाकुडा लगायतको राहत सामाग्रि बितरण गरेको अग्नीपिडितहरुले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ