News Category 2078/11/30
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
संयुक्त बजार अनुगमन टोलीले राजविराज नगरपालिका क्षेत्रका विभिन्न होटल, उद्योग, किराना पसलबाट बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ सोमबार नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
अनुगमनका क्रममा सिल नभएका अरहम अक्वा कम्पनीका पानीको जार, एक हप्तादेखी फ्रिजमा राखिएको मःम, म्याद गुज्रिएको काजु, बदाम, म्याद गुज्रेका खाने तेल, खाद्य सामाग्रि, चिसो पेय पदार्थ लगायतका सामाग्रिहरु जफत गरि तत्कालै नष्ट गरिएको छ ।
बासी र सडेगलेका सरसामान बिक्रि बितरण गर्ने पसल, उद्योग र होटलहरुलाई जरिवाना तथा सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिएका छन् ।
डिभिजन प्रमुख सिंहले अखाद्य बस्तुको बिक्रि बितरण गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने र पहिलो पटक चेतावनीसहित सम्झाएर छाडिएको बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंह, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत संजयकुमार राम, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नागरिक न्यायीक उपभोक्त मञ्चका जिल्ला अध्यक्ष रामकुमार यादव, उद्योग बाणिज्य संघका उपाध्यक्ष रमेश साह, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय सहायक गनु चौधरी तथा संचारकर्मी लगायतका अनुगमन टोलीमा सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ