News Category 2078/12/01
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई सप्तरीस्थित दशगज्जा क्षेत्र भएर बग्ने खाँडो नदीको निकास र नदीमा पुल निर्माणको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले मंगलबार संघीय मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो आग्रह गरेका हुन् ।

दशगज्जामा नदीको निकास नहुँदा र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा नेपाल–भारततर्फका सर्वसाधारणलाई समस्या हुँदै आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

“भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ । दुवैतिर सडक भए पनि नदीमा पक्की पुल छैन । दुई वर्षअघिसम्म त्यहाँ बाँसको पुल हुने गर्दथ्यो तर पछिल्लो बाढी र कोरोनाको लकडाउनको बीच जिर्ण बनेको सो पुललाई भारतीय सुरक्षाकर्मीले पुर्ननिर्माण गर्न दिएन । पुल नहुँदा दुवैतिरका आमजनलाई निकै समस्या र चुनौतिहरुको सामना गर्नुपरिरहेको छ, पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन वर्खामा जोखिमपूर्ण छ ।’ पत्रमा उल्लेख छ ।
सोही पत्रमा दुई देशबीचको व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको सो भेगका सर्वसाधारणको गुनासो रहेको उल्लेख छ । यस्तै ‘बाढीका कारण वर्षेनी करोडौं क्षति नियन्त्रण, मानविय क्षति रोक्न तथा दुई देशका सर्वसाधारणलाई सहज आवत जावतका निम्ति दशगज्जा क्षेत्रमा थुनिएको खाँडो नदीलाई अविलम्ब निकास दिनुकासाथै मुख्य भन्सार नाकालाई भारतीय बजारसँग जोडने पुल निर्माण अत्यावश्यक रहेको हुँदा त्यसका निम्ति भरपर्दो पहल गरिदिन हार्दिक अनुरोध छ ।’, पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ