News Category 2078/12/02
अग्निपीडितलाई मन्त्री साहले बाढे राहत
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ टेंगरी टोलका अग्निपीडितको घर आंगनमै पुगेर राहत प्रदान गरेका छन् ।
मन्त्री साहले बुधबार अग्निपीडितको घर आंगनमै पुगि स्थलगत निरिक्षण गर्दै पीडित परिवारलाई राहत प्रदान गरेका हुन् ।
गत शनिबार मध्यराती आगलागि हुँदा सो टोलका डम्बर यादव, मनोज यादव, सत्यनारायण यादव लगायत १३ परिवारको २७ घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
यसअघि अग्निपीडितको बिचल्ली भएपछि सोही दिन तत्कालिन राहत स्वरुप त्रिपाल र खाद्यान्न पठाएका मन्त्री साहले यूएनएफपिए र आसमान नेपाल नामक संस्थाबाट सहयोग जुटाई थप राहत लिएर पुगेका हुन् ।
सो क्रममा उनले यूएनएफपिएबाट सहयोग स्वरुप प्राप्त एक÷एक थान मोवाइल चार्जरसहितको सोलार लाइट, त्रिपाल, झुल र डिगनिटि किट तथा आसमान नेपालबाट सहयोग स्वरुप प्राप्त त्रिपाल, चामल, दाल, नुन लगायतका राहत सामाग्रि बितरण गरे ।
आगलागिबाट भएको क्षति र अहिले सम्म उपलब्ध भएको राहत बितरणको अवस्था बारे जानकारी लिएका मन्त्री साहले नयाँ घर बनाउन आवश्यक पर्ने काठ तथा अन्य सामाग्रिको पनि व्यवस्थापन गर्ने आश्वासन दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ