News Category 2078/12/03
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
होली मनाउन घर फर्किएका चोरी घटनामा फरार एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज ६ निवासी २५ वर्षिय श्यामबाबु साह छन् ।
होली मनाउन घर आएको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७६ जेष्ठ १५ गते एक महिना ४ दिन कैद र ३० हजार जरिवानाको फैसला भए लगत्तै फरार भएका उनी बिहीबार घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका हुन् ।
घटनाको भोली पल्टै पक्राउ परेका उनी केही दिन थुनामा बसेर धरौटीमा छुटेका थिए । अदालतको फैसला आएलगत्तै भने उनी फरार भएका थिए ।
पक्राउपछि अदालतमा उपस्थित गराइएका साहलाई आदेशानुसार बिहीबार नै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
२०७५ साल पुस १४ गते राजविराज ७ निवासी शिवनारायण साहको घरआंगनमा राखिएको पीकअप भ्यानमा लोड गरिएको डेढ लाख भन्दा बढी मुल्यको किराना सामान चोरी गरेको आरोपमा उनी उपर चोरी मुद्दा अन्तरगत कारवाही चलाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ