News Category 2078/12/06
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित सामुदायिक विद्यालयको आन्तरिक लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल तथा सूचना लुकाउने काम भएको आरोप लागेको छ ।
नेपाल अडिटर्स एशोसिएशन सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएको हो ।
आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष विश्वनाथ देवले विगत तीन वर्षदेखी नगरपालिका मातहतमा रहेको ३२ वटा सामुदायिक विद्यालयको आन्तरिक लेखापरिक्षण हुन नसकेकोमा नगरपालिकाको शिक्षा शाखाले सो प्रयोजनका लागि गरेको १५ जना लेखापरिक्षकको नियुक्ति प्रक्रियामा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।
उनले सो नियुक्ति प्रक्रिया सम्बन्धमा सूचना समेत लुकाउने काम भएको दाबी गर्दै छानबिनको माग पनि गरे । अध्यक्ष देवले नगरपालिकाको शिक्षा शाखाका अधिकृत प्रेम कुमार चौधरी र सोही शाखामा कार्यरत ललितनारायण यादवले रकमको चलखेल गर्दै मनोमानी र गोप्य ढंगले आ–आफ्नो अनुकुल जिल्ला बाहिरका १२ जना लेखापरिक्षक नियुक्त गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा एशोसिएशनद्वारा बितरित प्रेस विज्ञप्ति मार्फत नियुक्ति प्रकरणको छानबिन, दोषिमाथी कारवाही र उक्त नीति खारेजीको प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
१५ जना लेखापरिक्षक नियुक्त गरिएकोमा १२ जना जिल्ला बाहिर मोरङ, उदयपुर, सिरहा र इलामका रहेका उनले बताए । यसरी गोप्य र मनोमानी ढंगले गरिएको नियुक्ति प्रक्रिया बारे सूचना माग गर्दै गत फागुन ९ गतेदेखी पटक पटक लिखित र मौखिक सूचना माग्दा पनि आलटाल गर्दै आएको एशोसिएशनका पूर्व अध्यक्ष सुदम्बर यादवको भनाई छ ।
स्थानिय सरकार संचालन ऐनमा वर्षैपिच्छे आन्तरिक लेखापरिक्ष गराउनु पर्ने र यस कार्यका लागि स्थानिय लेखापरिक्षकलाई ग्रहायता दिनु पर्ने स्पष्ट उल्लेख भएपनि शिक्षा शाखाका कर्मचारीहरु यसको विपरीत कार्य गरेको आरोप लगाइएको छ ।
यसबारे नगर प्रमुख बसन्त मिश्र, प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र अधिकृत नवराज खडकाको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको लेखापरिक्षकहरुले गुनासो गरेका छन् ।
नगरपालिकाका सूचना अधिकारी दिपककुमार देवसँग जिज्ञासा राख्दा उनले लेखापरिक्षक नियुक्ति प्रकिया विधी सम्वद्ध ढंगले नै भएको दाबी गर्दै बोर्डबाटै निर्णय भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ