News Category 2078/12/07
निर्वाचन सम्पन्न भएको १५ दिनपछि काँग्रेस सप्तरीको अन्तिम नतिजा

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
नेपाली कांग्रेस सप्तरी जिल्ला कार्य समितिको सम्पन्न निर्वाचनको १५ दिनपछि सोमवार अन्तिम नतिजा आएको छ ।
गत फागुन २३ गते निर्वाचन सम्पन्न भएको थियो । मतगणना सुस्त गतिमा हुँदा अन्तिम परिणाम आउन १५ दिन समय लागेको हो ।
सभापति र पदाधिकारीसहित कुल ८२ पदका लागि भएको निर्वाचनमा सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवको नतिजा १० दिनअघि नै सार्वजनिक भइसकेको छ ।
जसअनुसार सभापति पद शेखर कोइराला पक्षका रामदेव साहले तथा बाँकी महत्वपूर्ण पद २ उपसभापति, २ सचिव र २ सहसचिव संस्थापन पक्षका उम्मेवारले जितेका छन् ।
सोमबार आएको अन्तिम नतिजा अनुसार कार्य समितिका ७५ सदस्य पदमध्ये ७२ संस्थापन पक्षका उम्मेदवारले जितेका छन् । इतर पक्ष साह प्यानलका ३ जना उम्मेदवार सदस्य पदमा जितेका छन् ।
महासमिति पदमा पनि ८५ प्रतिशत संस्थापन पक्षका उम्मेदवारले जित हात पारेका छन् । यहाँ इतर पक्षबाट महासमिति सदस्यको उम्मेदवार बनेका पूर्व राजदूत डा.सुरेश चालिसेले पराजयको सामना गर्नुपरेको छ ।
नेपाली कांग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनकाअनुसार जिल्लामा कुल २ हजार ५३५ मतदाता रहेकोमा २ हजार ३४२ मतदाता निर्वाचनमा सहभागी भएका थिए ।
अन्तिम नतिजा आएपछि केन्द्रीय सदस्य दिनेश कुमार यादवले विज्ञप्ति जारी गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासबाट खुशी भएको उल्लेख गर्दै नवनिर्वाचित सबैमा बधाई दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ