News Category 2078/12/07
निर्वाचन सम्पन्न भएको १५ दिनपछि काँग्रेस सप्तरीको अन्तिम नतिजा
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
नेपाली कांग्रेस सप्तरी जिल्ला कार्य समितिको सम्पन्न निर्वाचनको १५ दिनपछि सोमवार अन्तिम नतिजा आएको छ ।
गत फागुन २३ गते निर्वाचन सम्पन्न भएको थियो । मतगणना सुस्त गतिमा हुँदा अन्तिम परिणाम आउन १५ दिन समय लागेको हो ।
सभापति र पदाधिकारीसहित कुल ८२ पदका लागि भएको निर्वाचनमा सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिवको नतिजा १० दिनअघि नै सार्वजनिक भइसकेको छ ।
जसअनुसार सभापति पद शेखर कोइराला पक्षका रामदेव साहले तथा बाँकी महत्वपूर्ण पद २ उपसभापति, २ सचिव र २ सहसचिव संस्थापन पक्षका उम्मेवारले जितेका छन् ।
सोमबार आएको अन्तिम नतिजा अनुसार कार्य समितिका ७५ सदस्य पदमध्ये ७२ संस्थापन पक्षका उम्मेदवारले जितेका छन् । इतर पक्ष साह प्यानलका ३ जना उम्मेदवार सदस्य पदमा जितेका छन् ।
महासमिति पदमा पनि ८५ प्रतिशत संस्थापन पक्षका उम्मेदवारले जित हात पारेका छन् । यहाँ इतर पक्षबाट महासमिति सदस्यको उम्मेदवार बनेका पूर्व राजदूत डा.सुरेश चालिसेले पराजयको सामना गर्नुपरेको छ ।
नेपाली कांग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनकाअनुसार जिल्लामा कुल २ हजार ५३५ मतदाता रहेकोमा २ हजार ३४२ मतदाता निर्वाचनमा सहभागी भएका थिए ।
अन्तिम नतिजा आएपछि केन्द्रीय सदस्य दिनेश कुमार यादवले विज्ञप्ति जारी गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासबाट खुशी भएको उल्लेख गर्दै नवनिर्वाचित सबैमा बधाई दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ