News Category 2078/12/08
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियास्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई कोठे बालबिकास कक्षाकोठा भवन स्तरोन्नती गरि सेनाले मंगलबार हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको नं. २७ बाहिनी अडका बाहिनीपति सहायक रथी हेमराज केसीले उक्त सुविधा सम्पन्न कक्षा कोठा भवन र शैक्षिक सामाग्रि विद्यालय प्रशासनलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक राजकिशोर साहलाई स्तरोन्नती गरिएका भवन र शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै प्रमुख अतिथि केसीले बालबिकास कक्षामा सहभागि हुने बालबालिकाको सुविधा र अहिलेको शिक्षा प्रणालीको आवश्यकतालाई ध्यानमा राखी उपलब्ध श्रोत साधन र दक्ष प्रबिधीको अधिक्तम प्रयोग गरि तयार पारिएको भवनले बालबालिकालाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष सत्यनारायण यादवले बालबालिकाका लागि सेनाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
नेपाली सेनाको आर्थिक तथा प्राविधीक सहयोगमा भिम दल गणद्वारा २० दिनको समयमा तयार गरिएको बालविकास कक्षाकोठा भवन स्तरोन्नतीसँगै म्याट्रेस, वाइड बोर्ड, स्टिल ¥याक, लो टेबल, कुर्सी, बेन्च, ह्वाइट बोर्ड लगायतका शैक्षिक सामाग्रिहरु समेत उपलब्ध गराइएको छ ।
त्यस्तै प्लास्टर, रंगरोगन, फ्लस निर्माणका साथै बालबालिकाहरुको सहजताका लागि भित्ताहरुमा नेपाली र अंग्रेजी वर्णमालामा अंकहरुसहितको अन्य उपयोगि चित्रहरु आकर्षक ढंगले कोरिएको भने भवन अगाडी र पछाडी चार÷चार फिटको पेटी निर्माण गर्नुका साथै जमिनी सतहमा रहेको भवनको वेश हाइटलाई सुरक्षाको दृष्टिकोणले १८ इन्च अग्लो पारिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, भिमदल गणका गणपति निरज भण्डारी, बरख गणका सहायक गणपति किशोर खड्का, संचारकर्मीलगायत विद्यार्थी, अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ