News Category 2078/12/09
माओवादी केन्द्र सप्तरीले शहिद यादव र भट्टराईको २० औ स्मृति मनायो
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नेकपा (माओवादी केन्द्र) सप्तरीले शहिद अजवलाल यादव र बेद प्रसाद भट्टराईको २० औं स्मृति दिवस मनाएको छ ।
पार्टीको रुपनी गाउँ कमिटीको आयोजनामा रुपनीमा रहेको यादवको शालिकमा माल्यार्पण गर्दै नेताहरुले श्रद्धञ्जली दिए ।
नेकपा माओवादी केन्द्रको रुपनी गाउँ कमिटीका अध्यक्ष तथा जिसस सदस्य सिहेंश्वर साहको सञ्चालनमा तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल मधेश प्रदेश सदस्यत्रय महेश प्रसाद यादव, छेदी रजक, अरुण कुमार साह, जिल्ला सदस्यहरु भगवती यादव, रामगमन साह, गणपति साह, पत्रकार देवराम यादव, नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको संयोजक छोटेलाल यादव, सह संयोजक मनोज यादव, संजय सिंह, तेज नारायण यादवलगायतकाले यादवको शालिकमा फुल, माला, अबिर लगाएर श्रद्घाञ्जली दिएका थिए ।
शहीद अजवलाल यादव धनुषा जिल्लाको सरसामा २०२३ सालमा जन्म भएको थियो भने तत्कालिन नेपाली सेनाले नियन्त्रणमा लिइ २०५८ साल चैत ९ गते सप्तरीको पौवा गाउँमा गोली हानेर मारेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ