News Category 2078/12/13
सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
सप्तरीको राजगढदेखी विष्णुपुर गाउँपालिका हुँदै सदरमुकाम राजविराजसम्म पुग्ने एकमात्र सडक बाटो अत्यन्त जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै मर्मत सम्भारका लागि आइतबार प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
स्थानिय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सुभास कुमार लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।
जिर्ण रहेको उक्त नहर खण्डको बाटो नहर सफाइका क्रममा निकालिएको फोहरहरु ठाउँ ठाउँमा थुपारिदा आवागमनमा झन समस्या थपिएको स्थानियवासी शम्भुप्रसाद यादवले बताए । दुई वर्षदेखी बिग्रेको उक्त बाटो बनाउन कुनै निकायले चासो नदिदा सुख्खायाममा धुलाम्मे र वर्षायाममा हुने हिलाम्मेका कारण निकै सास्ती भोग्नु परिहरको उनको भनाई छ ।
विष्णुपुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष जिवछ मण्डलले उक्त सडकखण्डमा पाइला पिच्छे परेका खाल्डा खुल्डीले साना ठूला सबै सवारीसाधन आवतजावतमा सकस हुने गरेको बताए ।
सडक जिर्ण बन्दा स्थानियले निकै सास्ती खेप्नु परेको भन्दै उनले बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा ज्यान जोखिममा पर्ने गरेको अर्का वडा अध्यक्ष बहादुर सदाको भनाई छ ।
जिर्ण सडककै कारण विद्यालय पुग्न पनि सो क्षेत्र र आसपासका विद्यार्थीहरुलाई समस्या हुने गरेको स्थानिय अभिभावक उमेश यादवले गुनासो गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले ज्ञापनपत्र बुझ्दै उक्त सडकखण्ड मर्मतका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ