News Category 2078/12/14
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सबै स्वास्थ्य चौकीमा मधेश प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको तर्फबाट ट्याब वितरण गरेका छन् ।
डिजिटल फैमिलि हेल्थ फोल्डर बनाउन आवश्यक सीपसंगै ट्याब वितरण गरिएपछि नगरपालिकाका प्रत्येक परिवारको स्वास्थ्य, शैक्षिक लगायतका सत्य तथ्य डाटा बुझ्न र रेकर्ड राख्न सजिलो हुने मन्त्री साहले विश्वास व्यक्त गरे ।
हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजना तथा मधेश प्रदेशको समाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित अभिमुखी तथा हस्तान्तरण कार्यक्रमका सहभागीहरुलाई मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय झा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादव लगायतले सीप र ज्ञान दिदै प्राप्त समाग्रीको सदुपयोगमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता नगर उप–प्रमुख सरिता यादवले गरेकी थिइन । उक्त कार्यक्रम मधेश प्रदेशको ८ वटै जिल्लाका १६ वटा स्थानीयतहमा संचालनमा ल्याइएको समाजिक विकास मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ