News Category 2078/12/16
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
चोरी मुद्दामा अदालतबाट कैद भुक्तान र जरिवाना समेत तोकिसकेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज वडा नं. ६ निवासी १९ वर्षिय राजेन्द्र कुमार सिंह छन् । प्रहरीले उनलाई घरमै लुकिछिप बसेको अवस्थामा मंगलबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार स्थानिय मनोज कुमार यादवको जाहेरीले चोरी मुद्दामा फरार रहेका सिंहलाई सप्तरी जिल्ला अदालतले २०७६ माघ ९ गते एक महिना १५ दिन कैद र पाँच हजार जरिवाना फैसला गरेको थियो । तर, सो फैसला लगत्तै उनी फरार भएका थिए ।
फरार रहेको सिंहलाई पक्राउ गरी मंगलबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराज कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ