News Category 2078/12/16
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधवार राजविराजमा जिल्लाभरका पत्रकारको सहभागीतामा प्रभातफेरी गरिएको हो । शाखाको प्राङ्गणबाट शूरु भएको ¥याली नगरक्षेत्र परिक्रमा गरेको थियो ।
प्रभातफेरी पश्चात गजेन्द्रनारायण सिह अस्पताल परिसरमा रहेको रेडक्रस सोसाईटी शाखाद्वारा संचालित रक्त संचारसेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासंघका जिल्ला अध्यक्ष श्रवण देव, पत्रकारहरु रक्षा चौधरी, ओमप्रकाश साह, हेमशंकर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागार्इं, प्रेस युनियनका रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायत १६ जनाले रक्तदान गरेका थिए ।
रगतको अभावमा कुनै पनि ब्यक्तीको मृत्यु नहोस भन्ने उद्देश्यका साथ स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाइएको महासंघका अध्यक्ष देवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ