News Category 2078/12/17
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि सप्तरी जिल्लामा ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा २ सय ८५ मतदानस्थल रहेकोमा यस पटक २ सय ९७ पु¥याइएको हो ।
गत निर्वाचनको तुलनामा मतदाता बृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा बृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् । ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ वटा स्थानिय तह रहेको सप्तरीमा मतदाताको सहजताका लागि गत स्थानिय तहको निर्वाचन भन्दा ५८ वटा नयाँ मतदान केन्द्र थपिएको हो ।
यस्तै अघिल्लो निर्वाचन भन्दा जिल्लामा यस पटक ६६ हजार ३१ मतदाता थपिएका छन् । नयाँ थपिएका मतदातासहित जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरि मतदाताको कुल संख्या ४ लाख १२ हजार ४ सय ४५ पुगेको छ । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयमसेवक परिचालन गरिने छ ।
एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक जना कार्यालय सहयोगिसहित करिब दुई हजार ७ सय कर्मचारी खटिने कार्यालय प्रमुख जोशीले जानकारी दिएका छन् ।
यता प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति पनि तयार पारिसकिएको जानकारी दिएका छन् । उनले निर्वाचन सुरक्षाका लागि २ हजार ४९ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी परिचालन हुने जानकारी दिए । यस बाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षाप्रबन्धमा सघाउने उनको भनाई छ ।
जिल्लाका ५ सय ३६ वटा मतदान केन्द्रलाई सामान्य, संवेदनशिल र अतिसंवेदनशिल गरि तीन तहमा विभाजन गरिएको भन्दै उनले आवश्यकता अनुसारको फरक फरक सुरक्षा व्यवस्था मिलाइने जनाए ।
सप्तरीमा सबै भन्दा बढी राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ मतदाता छन् । सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा सप्स्१४ हजार ४ सय १८ मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ