News Category 2078/12/18
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
विद्युत मर्मतका लागी हिडेको प्राविधीक सहितको टोली सवार जिपलाई टिपरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा जिपमा सवार पाँच जना कर्मचारी घाईते भएका छन् ।
मृत्यु हुनेमा विद्युत वितरण केन्द्र बोदेबर्साइनका कर्मचारी बोलेरो चालक समेत रहेका सोही नगरपालिका ५ का २६ वर्षिय शिवराज यादव छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहीवार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित रंजितपुृरमा विद्युत वितरण केन्द्र बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेर जिपलाई पछाडीबाट आउँदै गरेको ना.७ख. २५५८ नम्बरको टिपरले ठक्कर दिएको हो ।
टिपरको ठक्करबाट बोलेरोमा सवार सोही नगरपालिकाका शैलेश यादव, महेश चौधरी, बृजेश कुमार यादव, जयशंकर साह र सिरहाको लहान नगरपालिका निवासी अरुण कुमार सिह घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाईते सबैलाई उपचारका लागी अस्पताल पठाईएको तथा ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ