News Category 2078/12/19
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
राजविराज÷मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका २ का ३५ वर्षिय दिपेन्द्र मण्डल छन् ।
गत चैत २ गते उनले चलाउँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल राजविराज–रुपनी सडकखण्डको रायपुरमा एक आपसमा ठोकिदा मण्डल गम्भिर घाइते भएका थिए ।
सोही दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका ९ मलेठ ९ निवासी ३२ वर्षिय रामकुमार खंग पनि गम्भिर घाइते भएका थिए ।
गम्भिर अवस्थामा दुबै जनालाई सोही दिन उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएकोमा बिहान ४ बजेतिर मण्डलको मृत्यु भएको आफन्तजनले जनाएका छन् । पीडित परिवारले गोल्डेन अस्पतालका चिकित्सकहरुले दुई दिनअघि नै मृत्यु भइसकेका मण्डलको उपचार खर्च वापतको सबै रकम असुली गरिसकेपछि शनिबार बिहान मात्र मृत्यु भएको जानकारी गराएको दाबी गर्दै उक्त विषयको छानबिन हुनु पर्ने माग गरेका छन् ।
यता सोही दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक राजविराज ९ निवासी खंगको अवस्थामा अझै सुधार आउन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ