News Category 2078/12/19
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
राजविराज÷मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका २ का ३५ वर्षिय दिपेन्द्र मण्डल छन् ।
गत चैत २ गते उनले चलाउँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल राजविराज–रुपनी सडकखण्डको रायपुरमा एक आपसमा ठोकिदा मण्डल गम्भिर घाइते भएका थिए ।
सोही दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका ९ मलेठ ९ निवासी ३२ वर्षिय रामकुमार खंग पनि गम्भिर घाइते भएका थिए ।
गम्भिर अवस्थामा दुबै जनालाई सोही दिन उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएकोमा बिहान ४ बजेतिर मण्डलको मृत्यु भएको आफन्तजनले जनाएका छन् । पीडित परिवारले गोल्डेन अस्पतालका चिकित्सकहरुले दुई दिनअघि नै मृत्यु भइसकेका मण्डलको उपचार खर्च वापतको सबै रकम असुली गरिसकेपछि शनिबार बिहान मात्र मृत्यु भएको जानकारी गराएको दाबी गर्दै उक्त विषयको छानबिन हुनु पर्ने माग गरेका छन् ।
यता सोही दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक राजविराज ९ निवासी खंगको अवस्थामा अझै सुधार आउन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ