News Category 2078/12/20
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आइतबार राजविराजमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ ।
“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको प्रभातफेरी नगर परिक्रममा पश्चात् अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । सो प्रभातफेरीमा जिल्लाका विभिन्न सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा अन्तरक्रियामा परिणत भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले गत आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट कारोवार गर्ने नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता र सौभाग्य कृषि सहकारी संस्थालाई पुरस्कृत तथा सम्मान गरेको थियो ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीले सहकारी नीतिलाई अझ प्रभावकारी ढंगले विकास गर्नु पर्नेमा जोड दिए । उनले सहकारी नीति बनेपनि त्यसको फितलो कार्यान्वयन भइरहेकोले त्यसलाई सबै सहकारी मिलेर अझ प्रभावकारी ढंगले लैजानु पर्ने बताए ।
जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्तको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष केबि उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राष्ट्रिय सहकारी बैंकका संचालक एंव मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी विकास बोर्डका मधेश प्रदेश सदस्य शम्भु बहादुर खडका, मालपोत कार्यालय सप्तरीका प्रमुख दिपेन्द्र कुमार झा, विषयगत संघका प्रतिनिधि दिपेन्द्र आचार्य, सञ्चारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले सहकारीको भुमिका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक सचिन्द्र दासले सहकारीको वर्तमान अवस्था र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने समितिका सदस्य माला कर्णले कार्यक्रम सञ्चालन गरेकी थिइन् । जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष भुवन आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ