News Category 2078/12/23
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सामाजिक संजालमार्फत आफु उम्मेदवार भएको भन्दै प्रचार गर्न थालेपछि जनता समाजवादी पार्टी सप्तरीले त्यस्ता नेता कार्यकर्तालाई सचेत गराएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागी उम्मेदवार चयन प्रक्रिया मै रहेका बेला केही आकाँक्षीहरुले सामाजिक संजालमा प्रचार गर्न थालेकोले सो क्रियाकलाप बन्द गर्न जसपा सप्तरीले सचेत गराएको हो ।
जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती सप्तरीका अध्यक्ष केदार यादवले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्र्दै पार्टीको निर्णय विपरीत त्यस्तो क्रियाकलाप गर्नेहरुमाथी अनुशासनको कारवाही चलाईने चेतावनी समेत दिएका छन ।
विज्ञप्तीमा स्थानीय तह निर्वाचन निर्देशीका २०७९ अनुसार उम्मेदवार चयन प्रक्रिया जारी रहेकै बेला जिल्लामा केही ब्यक्तीले पार्टीको विधी, प्रक्रिया र निर्वाचन सम्बन्धिी कार्यवीधीलाई नै चुनौती दिने गरी आफु उम्मेदवार भएको भनी समाजिक संजाल मार्फत जनतामा भ्रम फैलाउने गरेको कार्य प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
उम्मेदवार चयन प्रक्रियालाई प्रभावित पार्ने र पार्टी निर्देशन विपरीत आफुलाई स्वघोषित उम्मेदवार भएको भनी प्रचार र भ्रम फैलाउनेलाई अनुशासनको कारवाही गरिने समेत विज्ञप्ती मार्पmत चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ