News Category 2078/12/23
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चिकित्सकको लापरवाहीले बुधबार उपचारका क्रममा एक नवजात शिशुको मृत्यु भएको छ । नवजात शिशुको मृत्यु पश्चात् उनका आफन्तजनले होहल्ला गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।
बुधवार उपचारका लागि भर्ना भएकी सप्तरीको बोदेबरसाइन नगरपालिका ७ की २९ वर्षिया पुनिता यादवकी नवजात शिशु (छोरा) को मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
आफन्तजनले उक्त घटनाको छानबिन र दोषि चिकित्सकमाथी कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएपछि सुरक्षाकाकर्मी परिचालन गरिएको थियो । आफन्तजनले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको दाबी गर्दै उनीमाथी कारवाहीको माग गरेका छन् ।
गर्भवती अवस्थामा विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका ७ हैठीकी २९ वर्षीया यादव मेसु डा.साहकै प्राइभेट क्लिनिक ‘प्रसुति तथा स्त्री रोग क्लिनिक एण्ड डाइगनोष्ट्रिक डी. सेन्टर राजविराज’ मा जाँच गराउँदै आएकी थिइन् । बुधवार व्यथा लागेपछि पुनितालाई प्रसूति गराउन उनकै सल्लाहमा विहान अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
मेसु डा.साहकै सल्लाहअनुसार गर्भवति भाउजूलाई जाँचहरु गराउँदै आए पनि सफल प्रसूति गराउनेतर्फ चिकित्सकहरुले लापरवाही गर्दा सो दुःखद घटना भएको निरजको भनाई छ ।
यता मेसु डा. साहले बच्चा जन्मिदा सबै ठिकै रहेता पनि ‘मिकोनियम’ भएर शिशुको मृत्यु भएको प्रतिक्रिया दिएका छन् । अस्पतालको तर्फबाट कुनै प्रकारको लापरवाही नभएको भन्दै डा. साहले डिलेभरी भएसँगै ‘मिकोनियम’ अर्थात बच्चाको दिसा मुख हुँदै स्वास नलीमा मिसिएर बच्चाको मृत्यु भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ