News Category 2078/12/23
चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चिकित्सकको लापरवाहीले बुधबार उपचारका क्रममा एक नवजात शिशुको मृत्यु भएको छ । नवजात शिशुको मृत्यु पश्चात् उनका आफन्तजनले होहल्ला गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।
बुधवार उपचारका लागि भर्ना भएकी सप्तरीको बोदेबरसाइन नगरपालिका ७ की २९ वर्षिया पुनिता यादवकी नवजात शिशु (छोरा) को मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।
आफन्तजनले उक्त घटनाको छानबिन र दोषि चिकित्सकमाथी कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएपछि सुरक्षाकाकर्मी परिचालन गरिएको थियो । आफन्तजनले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको दाबी गर्दै उनीमाथी कारवाहीको माग गरेका छन् ।
गर्भवती अवस्थामा विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका ७ हैठीकी २९ वर्षीया यादव मेसु डा.साहकै प्राइभेट क्लिनिक ‘प्रसुति तथा स्त्री रोग क्लिनिक एण्ड डाइगनोष्ट्रिक डी. सेन्टर राजविराज’ मा जाँच गराउँदै आएकी थिइन् । बुधवार व्यथा लागेपछि पुनितालाई प्रसूति गराउन उनकै सल्लाहमा विहान अस्पताल ल्याएर भर्ना गरिएको थियो ।
मेसु डा.साहकै सल्लाहअनुसार गर्भवति भाउजूलाई जाँचहरु गराउँदै आए पनि सफल प्रसूति गराउनेतर्फ चिकित्सकहरुले लापरवाही गर्दा सो दुःखद घटना भएको निरजको भनाई छ ।
यता मेसु डा. साहले बच्चा जन्मिदा सबै ठिकै रहेता पनि ‘मिकोनियम’ भएर शिशुको मृत्यु भएको प्रतिक्रिया दिएका छन् । अस्पतालको तर्फबाट कुनै प्रकारको लापरवाही नभएको भन्दै डा. साहले डिलेभरी भएसँगै ‘मिकोनियम’ अर्थात बच्चाको दिसा मुख हुँदै स्वास नलीमा मिसिएर बच्चाको मृत्यु भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ