News Category 2078/12/24
अस्ताउँदो सूर्यलाई अर्घ

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
चैती छठ पर्व अन्तरगत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दिर्घायुको कामना गरेका छन् ।
राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, पूर्णी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठ घाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए ।
यता कतिपय ब्रतालु अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पूजा घाटसम्म पुगेका थिए । सडकमा सुतेर हातले चिहनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड प्रणाम भनिन्छ ।
कात्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्तिको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ ।
चार दिवसीय चैती छठ पर्वको धार्मिक बिधी मंगलबार बाटै सुरु भएको थियो । जसअन्तरगत नहाई खाय, दोश्रो दिन उपवास बसेर राती सखरमा पकाइएको खिर खाएर खरना र तेश्रो दिन उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने पूजा बिधी सकिएको छ । चँैथो दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व बिधीवत सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ