News Category 2078/12/27
गजेन्द्र नारायण सिंहको स्मरणमा विभिन्न कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
मधेश अधिकार लागी संगठित अभियानको नेतृत्व गरेका स्व. नेता गजेन्द्र नारायण सिंहको योगदान बारे आइतबार गृह जिल्ला सप्तरीमा उनको सम्झनामा विभिन्न कार्यक्रम गरि जन्मजयन्ती मनाईएको छ ।
स्व. नेता सिंहको ९३ औं जन्मजयन्तीका अवसरमा लोसपा नेपाल, गजेन्द्र नारायण सिह अध्ययन केन्द्र तथा नेपाल सद्भावना पार्टीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाएका हुन् । स्व. नेता सिंहको जन्मजयन्तीको अवसरमा लोसपाका नेता विनोद यादवले लडडु समेत बाँडेका छन ।
सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका घर भएका स्व. सिंह रामनवमी कै दिन जन्मिएका थिए । प्रत्येक वर्ष रामनवमीका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरेका छन् ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता समेत भनिने स्व.सिंहको जन्मजयन्तीको अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई गरिनुका साथै स्व.सिंहको सालिक समेत सिंगारिएको छ ।
सो अवसरमा लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, लोसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, विनोद यादव, विनोद सिंह, लोसपाका नेता एवं जिल्ला समन्वय सप्तरीका प्रमुख प्रभाकर यादव, महिला नेतृ पुनम यादव लगायतले शालिकमा माल्यापर्ण गर्दै स्व.ंिसंहको योगदान बारेमा चर्चा गरेका थिए ।
सोही क्रममा उक्त स्थानमा पुगेका नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो, महामन्त्री नागेन्द्र प्रसाद सिंह, केन्द्रीय सदस्य दशरथ यादव, सिरहाका जिल्ला अध्यक्ष जिवछ यादव लगायतले पनि स्व.सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।
जन्मजयन्तीकै अवसर पारेर गजेन्द्र नारायण ंिसंह अध्ययन केन्द्र सप्तरीले पनि स्मरण दिवसको आयोजना गरेको छ । जिल्ला समन्वय समिती सप्तरीको परिसरमा रहेको केन्द्र भवनमा अध्ययन केन्द्रका प्रमुख समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्व.सिंहले मधेशको राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागी अनुकरणीय रहेको बताएका थिए ।
गजेन्द्र नारायण सिंहले २०४७ सालमा सदभावना परिषद हुदै नेपाल सदभावना पार्टी गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ