News Category 2078/12/29
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभाग र राजविराज नगरपालिकाद्वारा आयोजित घटना दर्ता सप्ताहा अन्तरगत मंगलबार प्रभातफेरी सम्पन्न भएको छ ।
प्रभातफेरी कार्यक्रममा राजविराजका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । राजविराज नगरपालाका परिसरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरेको थियो । प्रभातफेरी पश्चात् पुनः राजविराज नगरपालिका परिसरमा पुगेको प्रभातफेरी कार्यक्रममा परिणत भएको थियो ।
राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख सम्पूर्ण कर्मचारी विपदका कर्मचारी सरसफाईका कर्मचारी हरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभागद्वारा २०७९ वैशाख १ गतेदेखि ७ गतेसम्म घटना दर्ता सप्ताह मनाउने विभागिय निर्देशन अनुरुप उक्त प्रभातफेरीको आयोजना गरीएको थियो ।
घटना दर्ता सम्ब्न्धी कार्य थप प्राथमिकताका साथ गरिने राजविराज नगरपालिकाको प्रशासकीय अधिकृत यादवले जानकारी दिए । जन्म, मृत्यु, विवाह सम्वन्ध विच्छेद र वसाई सराई जस्ता घटना दर्ता अन्य दिनको तुल्नामा विशेष प्रथमिकताका साथ गरिने उनले बताए ।
ती घटना दर्ताका साथै सामाजिक सुरक्षा प्राप्त गर्न योग्य लाभग्राहिले समेत आफ्नो निवेदन दर्ता गराउने सकिने उनले जानकारी दिए । घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी केहि गुनासो भए जानकारी गुनासो दर्ता गर्न समेत सकिने उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ