News Category 2079/01/01
पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
नेपाली काँग्रस सप्तरीको निर्वाचनमा उपसभापती पद जितेका राम प्रसाद मंडललाई केन्द्रिय निर्वाचन समितिले प्रतिद्वन्दी बनाएको छ ।
संस्थापन पक्षका मण्डलसंग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए ।
यादवको उजुरी पछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको छ ।
यादवलाई मंगलवार केन्द्रीय निर्वाचन समितीका सचिव केशव रिजालले निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराउदै यस अघि जिल्ला निर्वाचन कार्यालयको तर्फबाट मण्डललाई दिएको निर्वाचित भएको प्रमाण पत्र बदर भएको जानकारी सहितको पत्र समेत जिल्ला कार्य समितीलाई पठाएको छ ।
जिल्ला निर्वाचन अधिकृत डा.रुद्र शर्माले मण्डललाई उपसभापती पदमा निर्वाचित भएको प्रमाण पत्र दिएका थिए ।
केन्द्रिीय निर्वाचन समितीले मण्डललाई १ मतले पराजित भएको घोषणा संगै पत्राचार गरेपछि उनी पदमुक्त हुने अवस्थामा पुगेका छन् । उपसभापतीमा निर्वाचितको प्रमाण पत्र लिएर बुधवार काठमाण्डौंबाट गृह जिल्ला सप्तरी आईपुगेका यादवले आफु माथी केन्द्रीय निर्वाचन समीतीले न्याय गरेको बताए ।
उनले जिल्ला निर्वाचन समितीले गरेको त्रुटी सच्याएर केन्द्रीय निर्वाचन समीतले आफुलाई न्याय गरेको बताए । यता ६ मतले जितेर निर्वाचीत भएको प्रमाण. पत्र समेत लिएर कार्यभार सम्हालेको महिना दिन नपुग्दै १ मतले पराजित भएको भनी केन्द्रीय निर्वाचन समितीको सचिवले गरेको निर्णयले आपृmलाई चकित र दुखी तुल्याएको मण्डलको भनाई छ । उनले मतगणना पछि जिल्लामै सुरक्षित राखिएको मतपत्रको पुनःजाँच गर्न चुनौती समेत दिएका छन् ।
उनले निर्वाचन समिती भन्दा पार्टीको केन्द्रीय समिती माथी रहेकाले पार्टीले दिने निर्देशनको आफुले पालना गर्ने प्रतिबद्धता समेत जनाए । संस्थापन इतर पक्षका निर्वाचित सभापती रामदेव साहले माथिल्लो निकायले गरेको निर्णय सबैले मान्नु पर्ने तर्क गर्छन ।
यद्धपी उनले पार्टी केन्द्रीय समितीले यस विषयमा दिने निर्देशनको आफु पालना गरेर अघि बढ्ने बताउँछन । अर्काे तिर संस्थापन पक्षका नेताहरु भने पछिल्लो पटक केन्द्रिीय निर्वाचन समितीले पठाएको निर्णय कुनै पनि हालतमा स्विकार्य नभएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ