News Category 2079/01/01
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
जिल्ला फुटवल संघ सप्तरीमा आवद्ध एक दर्जन फुटवल संघसंस्थाहरुले नेतृत्वमाथी किर्ते गरी निर्वाचन गराउन लागेको आरोप लगाएको छ । बुधवार ती संस्थाहरुले पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन् ।
संघमा आवद्ध जनज्योति युवा क्लब, प्रोग्रेसिभ युवा क्लब, युवा खेलकुद मंच, हिरोज स्पोटिंग क्लब, क्रिएटिभ युवा क्लब, नमोबुध युवा क्लब, हिमालय क्लब लगायतका क्लबका पदाधिकारीले किर्ते गरी गोप्य ढंगले गराउन लागीएको संघको निर्वाचन रोक्न र सो को छानवीन माग समते गरेका छन ।
संघले किर्ते गरी तयार पारिएको मतदाता नामावलीको आधारमा २०७९ बैशाख १ गते निर्वाचन गराउन लागेको खबर पाएका छौं, पत्रकार सम्मेलनमा जनज्योती क्लबका सचिव नवराज अधिकारीले भने“आफ्नो अनुकुल नेतृत्व ल्याउन अबैध र गोप्य ढंगले गर्न लागिएको निर्वाचन कुनै पनि हालतमा स्किार्य छैन ।
उनले क्लबको पुर्ण बैठकबाट निर्णय गरी मताधिकारका लागी संघमा बुझाएको मतदाताको नाम परिवर्तन गरी अध्यक्ष देवेन्द्रमान सिंह वस्नेतले आफु खुशी नाम परिवर्तन गरी मतदाता नामावली तयार पारेको दाबी गर्दै प्रमाणका रुपमा संघद्वारा तयार पारिएको मतदाता नामावली र आफ्नो क्लबले निर्णय गरी पठाएको ब्यक्तीको नाम र निर्णय पुस्तिका समेत सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा खडक नगरपालिकास्थित नमोबुध क्लबका मताधिकार प्राप्तकर्ता एवं फुटवलका प्रशिक्षक रमेश श्रेष्ठले आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउन संघका अध्यक्ष बस्नेतले विपक्षमा देखिएका क्लबहरुको मताधिकार प्राप्त कर्ता ब्यक्तिहरुको नाम रातारात किर्ते गरी परिर्वतन गरेको दाबी गर्दै सोको उच्चस्तरीय छानवीन हुनु पर्ने माग गरे ।
पत्रकार सम्मेलनमा हिमालय क्बलका उपसचिव शैलेन्द्र कुमार दास, प्रोग्रेसिभ युवा क्लबका उपाध्यक्ष एक्शन कुमार लेखी, श्री युवा खेलकुद मञ्चका अध्यक्ष धु्रव नारायण चौधरी, हिरोज स्र्पाेटिंग क्लबका सचिव चन्द्र किशोर चौधरी र क्रिएटिभ युवा क्लबका कोषाध्यक्ष हरीहर कुमार चौधरी लगायतले पनि बोल्दै संघको. निर्वाचन रोकी निर्वाचन प्रक्रियाको सम्पुर्ण छानवीन र दोषीमाथी कारवाहीको माग गरेका छन् ।
यता क्बलहरुका आरोपबारे जिज्ञासा राख्दा फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह वस्नेतले सो आरोपहरु निराधार भएको र निर्वाचन प्रक्रिया विधी सम्मत ढंगले नै अघि बढाएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ