News Category 2079/01/05
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेस सप्तरीको उपसभापतिमा रामकुमार यादवलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र दिएपछि उनले सोमबार पदभार ग्रहण गरेका छन् ।
पुनः गणनामा एक मतले निर्वाचित भएका यादवलाई सोमबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।
पदस्थापन कार्यक्रममा सभासद् रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रीय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झा, यूवा नेता मो. इर्साद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
संस्थापन पक्षका रामप्रसाद मण्डलसँग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए । यादवको उजुरीपछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको हो ।
यसअघि केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयको भत्र्सना गर्दै संस्थापन पक्षले उक्त निर्णय बदरको माग गरेको छ । निर्णय बदर नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ