News Category 2079/01/07
सबै स्थानीय तहमा मुख्य र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधवार सम्ममा जिल्लामा तोकिएका सबै मतदानस्थलको अनुगमन सकाएर कार्यालय स्थापना र आवश्यक कागजात तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।
विहीवार जिल्लाका सबै १८ वटै स्थानीयतहमा मुख्य र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको तयारी छ ।
जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले निर्वाचनका लागी कर्मचारीको विवरण सहितको तथ्याङ्क संकलन भईसकेको तथा मतदान केन्द्रमा पठाईने आवश्यक समाग्री सहितको व्यवस्थापन थालिएको जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागी आवश्यक पर्ने अनुसुचि फारम लगायतका जिल्लाबाट खरिद गर्न मिल्ने १७ प्रकारका समाग्री समेत खरिद गरी प्याकिंग गर्ने काम धामाधम भईरहेको उनले जानकारी दिए ।
मतदान केन्द्रहरुको मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहितको टोलीद्वारा अनुगमन सकिएको बताएका उनले जिल्लामा कुल ५ सय २६ मतदान केन्द्र कायम गरिएको जानकारी समेत दिए ।
यस्तै निर्वाचन अधिकृत तथा सरोकारवालाहरु संगको छलफल तथा अन्तरक्रिया लगायतका कार्यक्रम समेत सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ