News Category 2079/01/07
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
हरवा चरवाका समस्या समाधानको प्रतिबद्धतालाई आगामी निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा समावेश गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन् ।
बुधबार राजविराजमा आयोजित जिल्ला हरवा चरवा अधिकार मञ्चले आयोजना गरेको जिल्लास्तरिय राजनैतिक दल र हरुवाचरुवा अगुवाहरुबीच आगामी स्थानिय निर्वाचनमा हरुवाचरुवाहरुको सहभागिता विषयक सम्वाद कार्यक्रमका सहभागि वक्ताहरुले उक्त माग गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय हरवा चरवा मञ्चका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलले पुस्तौदेखी जग्गाधनीको घरमा हरवा चरवा बस्दा पनि अहिलेसम्म ऋणमोचन नभएको भन्दै राजनीतिक दलहरुले आफूहरुको समस्यामा चासो नदेखाएको गुनासो पोखे ।
सोही कार्यक्रममा हरवा चरवा मञ्चका महासचिव लागिन्द्र सदाले दलहरुले ल्याएको कार्यक्रममा पनि बास्तविक हरवा चरवाले राहत पाउन नसकेको भन्दै उक्त शिर्षकको रकम आफ्नो कार्यकर्ता पोस्ने काममा खर्च गरेको आरोप लगाए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले सप्तरीमा सबै भन्दा बढी दलितहरुको बसोवास रहेको भन्दै हरवा चरवामा पनि बढी संख्या तीनै दलितहरुको रहेको उल्लेख गरे ।
मञ्चका जिल्ला अध्यक्ष देवलाल रामको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय भूमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले हरवा चरवाको समस्यालाई संवेदनशिल रुपमा लिएर त्यसको समाधानमा आफू प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका सदस्य अशोककुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव बलराम शर्मा, पत्रकार मनोहर कुमार पोखरेललगायतले पनि हरवा चरवाको समस्या बारे घोषणापत्रमा प्रतिबद्धता आउनु पर्ने बताए ।
कार्यक्रममा पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवाको अवस्था बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ