News Category 2079/01/08
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
आफ्नै दुई वर्षिया छोरीको हत्याको आरोपमा बीस वर्ष कैद फैसला सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालीनी नख्स्गरपालिका वडा नं. ७ निवासी रानीदेवी मण्डल छिन् ।
प्रहरीका अनुसार सोही नगरपालिका निवासी सुर्य नारायण मण्डलको जाहेरीले रानीदेवी मण्डलमाथी कर्तव्य मुद्दा दायर गरिएको थियो । दायर गरिएको जाहेरीमा रानीले आफ्नै दुई वर्षिय कान्छी छोरीलाई २०७३ साल साउन १२ गते कर्तब्य गरी मारेको र हनुमानगर राजबिराज सडक खण्डको खाडो खोलामा आएको बाढीमा प्mयाली बेपता पारेको उल्लेख छ ।
सोही कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०७५ फागुन १५ गते बिस बर्ष कैद हुने फैसला गरेलगत्तै मण्डल फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले फरार प्रतिवादी मण्डललाई जिल्लाको राजगढ गाउँपालिका वडा न. ५ मलेखपुरमा लुकीछुपी बसिरहेको अवस्थामा बिहीबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी राजविराज कारागार पठाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ