News Category 2079/01/09
निर्वाचित जनप्रतिनिधिद्वारा राजिनामा
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिइरहेका छन् ।
शुक्रबार राजविराज नगरपालिकाका प्रमुख कस्शम्भुप्रसाद यादवसहित उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले शुक्रबार पदबाट राजिनामा दिएका छन् ।
२०७४ को स्थानिय तह निर्वाचनमा तत्कालिन राजपाबाट नगरप्रमुख पदमा निर्वाचित भएका यादवले राजिनामा दिएका हुन् । हाल उनी जसपा नेपाल राजविराज नगरपालिकाका वरिष्ठ उपाध्यक्ष पदमा छन् ।
उनीसँगै राजपाबाटै निर्वाचित उपप्रमुख साधना झालगायत अन्य विभिन्न पार्टीबाट निर्वाचित सबै वडाका अध्यक्ष र सदस्यले राजिनामा दिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजिनामा गर्नुपर्ने बाध्यात्मक प्रावधान ल्याएपछि आगामी निर्वाचनमा सहभागि हुन चाहने इच्छुक उम्मेदवारले जितेका पदबाट धमाधम राजिनामा दिन थालेका छन् ।
उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यहरुले आफ्नो राजिनामा नगरप्रमुख यादवलाई बुझाएपछि उनले पनि आफ्नो राजिनामा प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवलाई बुझाएका थिए ।
सो अवसरमा उनले आफ्नो कार्यकालमा भएका विकास निर्माणका विवरण समेत प्रस्तुत गरेका थिए । प्रमुख यादवले सडक, नाला, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा गरेका कामको विवरण सुनाउँदै पुनः जनताका बीच जाने विचारमा रहेको बताए ।
यअसघि बिहीबार नेपाली काँग्रेसबाट गत स्थानिय तहको निर्वाचनमा जिल्लाको विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका लिलाम्बर यादवले पनि राजिनामा दिँदै प्रमुख प्रशासकीय अधिकृत ललन यादवलाई गाडीको साँचो बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ