News Category 2079/01/10
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
गत चैतमा बिराटनगरमा आयोजित मेयर कप क्रिकेट प्रतियोगिताको बिजेता राजविराज नगरपालिका टिमका खेलाडीहरुलाई शनिबार सम्मान गरिएको छ ।
क्रिकेट विकास प्रतिष्ठान राजविराज–६ ले एक समारोहकाबीच बिजेता खेलाडीहरुलाई सम्मान गर्दै शुभकामना दिएको हो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले खेलकुदमा पाएको सफलताले मुलुककै प्रतिष्ठा बढाउने भन्दै राजविराज टिमले पाएको सफलताप्रति खेलाडी तथा प्रशिक्षक र सहयोगि सबैलाई बधाई ज्ञापन गरे ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले राजविराज क्रिकेट टिमले मधेश प्रदेश र प्रदेश १ का गरि सबै टिमलाई पराजित गरि प्रथम हुनु ठूलो उपलब्धी हो भन्दै सप्तरीमा क्रिकेटका विकासका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गरे ।
टिम कोच तथा क्रिकेटका अन्तराष्ट्रिय खेलाडी राजकुमार दासले बिजेता खेलाडीहरुलाई शुभकामना दिँदै सप्तरीमा रहेका उदीयमान खेलाडीहरुको लागि विशेष व्यवस्थाका साथ खेल अभ्यासको वातावरण बनाउनु पर्ने बताए ।
राजविराज नगरपालिका टिमका क्याप्टेन महबुब आलमले प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रमबाट खेलाडीहरुमा उर्जा र खेलप्रति समर्पण बढाउने भन्दै अन्य क्षेत्रबाट पनि क्रिकेटको विकासका लागि ध्यान पु¥याउन जरुरी रहेको बताए ।
प्रतिष्ठानका सचिव सन्तोष कुमार यादवले संचालन गरेको कार्यक्रममा राजविराज टिमका खेलाडीको तर्फबाट अमितकुमार यादव, स्वेडेककी अध्यक्ष मिरा देव, पत्रकार ब्यासशंकर उपाध्याय समेतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ