News Category 2079/01/10
दुई मोटरसाइकल ठोकिदा दाजुभाईसहित तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी राजमार्गमा शुक्रबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ निवासी ३० वर्षिय पप्पु यादव, २६ वर्षिय सन्दिप यादव र २८ वर्षिय रन्जित यादव छन् । दुर्घटनामा मृत्यु हुने तीनै जना एउटै वडाका हुन् भने सन्दिप र रन्जित दाजुभाई हुन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१–०२४१ प.२२९६ नं.को मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नं. को मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफन्तको विहेमा जन्ति गई फर्किदै गर्दा बिहान ३ बजेतिर बीच बाटोमा ती दुबै मोटरसाइकल एकआपसामा ठोकिएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका तीनै जनालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ