News Category 2079/01/12
चुनावी मैदानमा चार पत्रकार
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
स्थानिय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारहरु पनि चुनावी मैदानमा ओर्लिएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको तर्फबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । दलित अगुवाको रुमिा परिचित उनी दुई दशकदेखी पत्रकारिता क्षेत्र तथा समाजसेवातर्फ अग्रसर छन् ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् । उनी पनि अढाई दशकदेखी पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
यसैगरि राजविराज वडा नं. ८ को वडा अध्यक्ष पदमा पत्रकार सतिश दत्तले उम्मेदवारी दर्ता गराएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्षमा मनोनय दर्ता गराएका हुन् ।
यसैगरि नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादव पनि उम्मेदवार बनेका छन् । उनले राजविराज वडा नं. २ बाट वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् ।
उनी पनि डेढ दशकदेखी पत्रकारिता क्षेत्रमा रहेका छन् भने उनी सप्तरी क्रिक्रेट संघका सचिव समेत हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ