News Category 2079/01/15
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
ऋण नतिरेको भन्दै एक वित्तिय संस्थाले आगजनी गर्दै भैसी समेत खोलेर लगेको एक पीडित ऋणीले आरोप लगाएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ३ की सरस्वती सिंहले कदमाहा चौकमा रहेको “मेरो माइक्रो फाइनान्स” लघुवित्त बैंकका कर्मचारीहरुले आफ्नो घरमा आगो लगाएको आरोप लगाएकी हुन् ।
दश दिनअघि आफ्नो घरमा आएका फाइनान्सका कर्मचारीले आगो लगाइदिएपछि बैशाखको टनटलापुर घाममा आकाशमुनी बस्नु परेको पीडितले बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत गुनासो पोखेका छन् ।
तोकिएकै समयमा उक्त संस्थाको ऋण तिर्ण नसक्दा ९२ वर्षीया सासुआमा लगायत परिवारका सदस्यहरुलाई गाली गलोज गरी दुई वटा भैसीसमेत खोलेर लगेको पीडितको गुनासो छ ।
आगजनीबाट करिब २४ लाख बराबरको धनमाल नष्ट भएको सरस्वतीले बताएकी छिन् । उक्त संस्थाबाट आफूलाई परेको नोक्सानीको क्षतिपुर्ती उपलब्ध गराई दिन उनले प्रहरी तथा वडा कार्यालयमा समेत उजुरी दिएको संचारकर्मीहरुलाई बताइन् ।
यता लघुवित्त फाइनान्सका शाखा प्रवन्धक महादेब चौधरीले आगो लगाएको आरोप अस्विकार गर्दै भैसी भने ल्याएको स्वीकार गरेका छन् ।
उनले बैंकबाट सिंहले २ लाख ५० हजार ऋण लिए पनि समयमै ब्याज चुक्ता नगर्दा ऋण असुलीका लागि दबाब दिने क्रममा भैंसी लगेको स्पष्ट पारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ