News Category 2079/01/15
थप दाइजो माग गर्दै परिवारबाटै निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
थप दाइजोको माग गर्दै सप्तरीकी एक महिला परिवारबाटै निर्घात कुटिएकी छिन् ।
जिल्लाको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारकी २७ वर्षिया लक्ष्मी भगत पति संजिव, ससुरा शिवदयाल, सासु सीता, जेठानी अन्जु र नन्द रन्जुबाट निर्घात कुटिएकी हुन् ।
मागे जतिको दाइजो नल्याएको तथा आफूहरु बिरुद्ध प्रहरी र अदालतसम्म पुगेको निहुमा तीन दिन अघि परिवारबाट निर्घात कुटिएकी उनको उपचार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको छ ।
कुटपिटबाट उनको घाँटी, ढाड, पाखुरा, टाउँको लगायत शरीरभरि चोट लागेको छ । दराजबाट लुगा निकाल्दै गरेका बेला अचानक किन दराज खोलेको ? भनेर प्लास्टिकको पाइप, लाठी र मुड्कीले अन्दाधुन्द कुटपिट गर्न थालेको उनले सुनाइन ।
उनको शरीरको विभिन्न भागमा गहिरो चोट देखिएकाले चिकित्सकले थप उपचारका लागि बाहिर लैजान सल्लाह दिएको बुबा राजेन्द्र साहले बताए ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका माइत भएकी लक्ष्मीमाथी उनको परिवारले गरेको पार्शविक हिंसाको चस्यो पहिलो घटना भने होइन् । भगत पेट्रोल पम्पका संचालक संजिवसँग चार वर्षअघि विवाह गरेकी उनले यस अवधीमा पति, सासु, ससुरा, नन्दको कुटाईका कारण पटक पटक मृत्यु शैय्यामा पुग्नु परेको बताइन् ।
विवाहको केही महिनापछि नै परिवारबाट दाइजोका लागि यातना दिन सुरु भएको उनको भनाई छ । विहेमा सात धुर जग्गा बेचेर दाइजो दिएको बताउँदै लक्ष्मीका बुबा राजेन्द्रले भने, थप दाइजो माँग भई आएको र आफ्नो हैसियतले नभ्याउने जवाफ फर्काए पछि छोरीमाथी यातना दिने क्रम बढ्दै गएको हो ।
निरन्तरको यातना सहन नसकेपछि उनी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा गर्न पुगेकी थिइन् । उक्त मुद्दामा २०७८ पुस १९ गते अदालतले अन्तरिम संरक्षणात्मक आदेश जारि गरेको थियो । आदेलतको आदेश अनुसार लक्ष्मीलाई प्रहरीले सुरक्षित साथ बस्ने गरि केही दिन अघि मात्र गृह प्रवेश गराएको थियो । तर त्यसपछि विपक्षि बनाइएका परिवारका सदस्यहरु झन उग्र रुपमा प्रस्तुत भएको लक्ष्मीको भनाई छ ।
अदालतको आदेशपछि गृह प्रवेश पाएकी छोरीमाथी पहिले भन्दा पनि झन यातनाको क्रम बढ्यो, बुबा, राजेन्द्रले भने, अब कसरी र कहाँ न्याय पाउने ? पीडित महिलालाई निशुल्क कानुनी सहायता प्रदान गरिरहेकी मधेश प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यलय राजबिराजकी कानुनी अधिकृत अधिवक्ता किरण साहले विभिन्न बहानामा लक्ष्मी माथी भएको हिसां विरुद्ध आफु अधि बढेको र पिडितलाई न्याय मिल्ने विश्वास व्यक्त गरिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले कुटपिटमा संलग्न पिडित महिलाका पति संजिबलाई विहिबार पक्राउ गरिएको जानकारी दिदै उनका ससुरा शिवदयाललाई भने अस्वस्थ्य रहेका कारण तारेखमा छाडिएको बताए । घटना बारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ