News Category 2079/01/17
हतियार देखाउँदै डकैती
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राती अज्ञात हतियारधारी समूहले एक घरमा डाका गर्दै लुटपाट गरेका छन् ।
सो नगरपालिका वडा नं. ७ स्थित मिथिलेश मिश्रको घरमा ६ जनाको समूहमा आएका नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेको प्रहरीले जनाएको छ ।
घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
उनले मास्क तथा कपडाले मुख छोपी खुकुरी र बन्दुक जस्तै देखिने हतियार देखाएर ६÷७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताए । डकैतीबारे प्रहरीले अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।
यता पीडित परिवारजनले भने करिब ५० लाख रुपैयाँ बराबरको नगद र गरगहना लुटेर लगेको दाबी गरेका छन् । सुरुङ्गाको यो घट्नाले स्थानीय तहको निर्वाचनको बेला सुरक्षा चुनौती थपिएको स्थानीयहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ