News Category 2079/01/17
सप्तरीमा चुनावी माहोल उत्कर्षमा
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएसँगै सप्तरीमा चुनावी माहोल उत्कर्षमा पुगेको छ ।
निर्वाचनको परिणाम आफ्नो पोल्टोमा पार्न दलहरु चुनावी रणनीति बनाउँदै मतदाताको घर घर पुग्न थालेका छन् ।
बिहानैदेखी पैदलै तथा साइकल, मोटरसाइकल र चार पाङ्गग्रे गाडीमा आ–आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा फहराउँदै उम्मेदवार र उनका समर्थक मत माग्न मतदाताको घर पुग्न थालेका हुन् ।
चुनावी माहोल तातिन थाल्दा मतदाताको पनि चासो बढ्दै गएको छ । छरछिमेकदेखी सार्वजनिक थलोसम्म चुनावी गफगाफ पहिलो प्राथमिकतामा परेको छ । इमान्दार, निर्भिक एवं नविन सोच भएकालाई जिताउनु पर्ने जनताले चाहनाले व्यक्त गरिरहेका छन् । उनीहरुले स्थानिय तहमा स्थिर स्वभाव मिलनसार र दलगत स्वार्थ भन्दा माथी उठेर सर्वहीत सोच राख्ने उम्मेदवारलाई जिताउनु पर्ने सुझाव पनि दिएका छन् ।
विशेष गरि मधेश आन्दोलनको केन्द्र बिन्दु मानिएको सप्तरी सदरमुकाम राजविराजमा चुनावी चहलपहल उत्कर्षमा देखिन थालिएको छ । यहाँ नेपाली काँग्रेसबाट युवा नेता इर्साद अन्सारी, जनता समाजवादी पार्टीबाट भिमराज यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी तथा नेकपा माओवादी केन्द्रबाट निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव चुनावी मैदानमा छन् ।
यस्तै नेकपा एमालेबाट अनिल झा, नेकपा एकीकृत समाजवादीबाट नथुनी दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेश प्रसाद साह, नेपाल प्रगतिशिल पार्टीबाट अशोक साह तथा जनमत पार्टीबाट ममता झा पनि नगर प्रमुख पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् ।
सबै उम्मेदवार एक अर्कालाई हराउने दाऊमा लागेका छन् । यसै क्रममा विभिन्न दलका उम्मेदवार आ–आफ्नो नेता कार्यकर्ता र समर्थक राखेर गोप्य बैठक गरि चुनावी रणनीति बनाई धमाधम मतदाताको घर पुग्न थालेका छन् ।
प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले स्थानिय मुद्दा समेटेर घोषणा पत्र र प्रतिद्धता पत्र पनि तयार गरि मतदाताको घरमा पु¥याउने गरेको दृश्य अबेर साँझसम्म देखिने गरेको छ । पार्टी प्रवेश, प्रशिक्षण र भेला गर्ने क्रम पनि ह्वातै बढेको छ ।
९ नगरपालिका र ९ गाउँपालिका गरि १८ स्थानिय तह रहेको जिल्लामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरि कुल ८ सय ५६ पदका लागि हुने निर्वाचनमा ३ हजार ३ सय २ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस मध्ये ९ नगर प्रमुखका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
कुल ४ लाख १२ हजार ४ सय ४२ मतदाता रहेको जिल्लामा आउँदो ३० बैशाखमा हुने निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र कायम गरि धमाधम तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ