News Category 2079/01/21
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
स्थानिय तह निर्वाचनको समय नजिकिदै जाँदा सप्तरीमा उम्मेदवारहरु धमाधम घोषणा पत्र सार्वजनिक गर्न जुटेका छन् ।
आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा मतदातालाई आकर्षित गर्न उम्मेदवारहरुले विकास निर्माणका साथै सामाजिक सुरक्षा र सुविधाका सवालमा विभिन्न योजना र प्रतिबद्धताका साथ घोषणा पत्र जारि गर्दैछन् ।
जिल्लाको १८ स्थानिय तह मध्ये अहिले सम्म १४ स्थानिय तहका विभिन्न दलका गरि सय भन्दा बढी उम्मेदवारले घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।
बुधबार छिन्नमस्ता गाउँपालिकाको जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदबारले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी घोषणा पत्र सार्वजनिक गरेका छन ।
छिन्नमस्ता गाँउपालिकामा जसपाका तर्फबाट अध्यक्ष पदमा सत्यनारायण यादव र उपाध्यक्षमा आशादेवी साहले उम्मेदबारी दिएका छन । अध्यक्ष पदका उम्मेदबार यादवद्वारा सार्वजनिक गरिएको घोषणा पत्रमा सखडा अस्पताललाई स्तरोन्नती गरी १५ सैय्याको बनाउने, जिर्ण रहेको बर्थिङ्ग सेन्टरहरुको पुनर्निर्माण गरी २४ सै घण्टा सेवा प्रदान गर्ने, ५ वर्ष भित्र गाउपालिकाका सबै वडा कार्यायलयको आप्mनेै भवन निर्माण गर्ने, प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने, प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरको आधुनिकिकरण गरी धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्ने, प्राकृतिक प्रकोप बाट कृषि बालीमा हुने क्षतिको क्षतिर्पुती उपल्बध गराउने लागयतका प्रतिधता व्यक्त गरिएको छ ।
यस्तै मंगलबार साँझ छिन्नमस्ता गाँउपालिकाकै लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) का उम्मेदवारहरुले पनि पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय मुद्दालाई समेटेर घोषण पत्र सार्वजनिक गरेका छन ।
लोसपाको तर्फबाट विद्यानन्द चौधरी तथा उषा मण्डलले उपाध्यक्षपदमा उम्मेदबारी दिएका छन । अध्यक्ष पदका उम्मेदवार चौधरीद्वारा सार्वजनिक गरिएको ३५ बुँदै घोषणा पत्रमा प्रत्येक वडामा कालो पत्रे सडक निर्माण, प्रत्येक विद्यालायमा कम्प्युटर शिक्षा, पुस्तकालाय, ल्याब, इन्टरनेट, लिंक जडान, अग्रेजी माध्यमको पढाई, छात्रालाई आत्मरक्षा तालिम तथा गरिब असहाय परिवारका छोरीको विवाहमा २५ हजारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै छिन्नमस्ता भगवती मन्दिरलाई विश्व सम्पदा सुचिमा समाबेश गराउन विशेष पहल गरिने, बस पार्कको निर्माण, फन पार्कको निर्माण, अल्पकालिन र दिर्धकालिन सिचाई योजना, एक घर एक शौचालय अन्तगत गरिब विपन्न परिबारलाई शौचालय बनाउन १५ हजारको सहयोग तथा छिन्नमस्ता दर्शनका लागि आउने दशानार्थीहरुकालागि सुविधा समपन्न धर्मशाला निर्माण लगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
यस्तै कञ्चनरुप नगरपालिकाको नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुख पदका उम्मेदबार रहेका ललनप्रसाद गुप्ताले पनि पत्रकार सम्मेलन मार्फत ५१ बुँदै घोषणा पत्र सार्वजनिक गरेका छन ।
गुप्ताले स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राख्दै केही महत्वाकांक्षी योजना पनि घोषणा पत्रमा समेटेका छन ।
उनको घोषणा पत्रमा दलित महाविद्यालयको स्थापना गरिने, गरिब, असहाय, अपाङ्ग, एकल महिला, जेष्ठ नगरिकको निशुल्क स्वास्थ्य बिमा गरिने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पतालको रुपमा परिणत गरिने, सबै वडामा एम्बुलेन्सको व्यवस्था गरिने, नगरपालिका मातहतको सबै स्वास्थ्य संस्थामा बर्थिंङ्ग सेन्टर संचालनमा ल्याउने लगायतका महत्वाकांक्षी योजनाहरु समाबेश गरिएको छ ।
यस्तै नगर भित्र नगर बस सेवाको संचालन, एक वडा एक बारुणयन्त्रको व्यवस्था, रोजगारीका लागि २ वटा ठुला उद्योगको स्थापना, प्रत्येक टोलमा सोलार प्रविधिको माध्यमबाट सडक बत्ति जडान लगायतका प्रतिवद्धता समेत उनले घोषणा पत्रमार्फत व्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ