News Category 2079/01/23
माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा आ–आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरुले विकास निर्माणका साथै विभिन्न महत्वाकांक्षी योजना समावेश गर्दै घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् ।
यसैक्रममा विहीबार राजविराज नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार शम्भुप्रसाद यादवले पत्रकार सम्मेलन मार्फत ३० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको घोषणा पत्रमा वर्षौदेखी बिटोरीमा रहेका नगर ब्लकका जग्गाको लालपूर्जा बितरण गर्ने, मजदुरका लागि सुलभ दर रेटमा खाना, चिया र नास्ता उपलब्ध गराउन सस्तो पसल संचालनमा ल्याउने, अतिथि गृहको निर्माण गराउने, जिर्ण अवस्थामा रहेको राजरंगशालालाई स्तोरोन्नती गरि खेलग्राममा रुपान्तरण गर्ने, विपन्न समुदायको पहिचान गरि प्रति परिवारलाई १० हजारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
यस्तै नगरस्तरिय क्रिकेट स्टेडियमको निर्माण, नगर क्षेत्रमा रिंगरोडको निर्माण, नगर सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था, अनलाइन मार्फत घर नक्सा पासको व्यवस्था, नगर क्षेत्रमा सिसि क्यामरा जडान, बन्द अवस्थामा रहेको लेखनाथ पुस्तकालयको संचालन, सिंचाईका लागि किसानलाई निशुल्क विद्युत सेवा लगायतका प्रतिबद्धता पनि उनले घोषणा पत्र मार्फत सार्वजनिक गरेका छन् ।
उनी २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा तत्कालिन राजपाका तर्फबाट उम्मेदवार भई नगरप्रमुख पदमा निर्वाचित भएका थिए । राजपा र संघीय समाजवादी एकजुट भई बनेको जसपामा रहेका उनी पछिल्लो पटक टिकट नपाएपछि असन्तुष्ट भई नेकपा माओवादी केन्द्य्रमा प्रवेश गरि सोही दलको टिकटमा फेरी नगरप्रमुख पदको उम्मेदवार बनेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ