News Category 2079/01/23
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार सप्तरीका सुरक्षा निकायका प्रमुखसँग निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन् । उनले ती निकायका प्रमुखहरुलाई आवश्यक निर्देशन समेत दिए ।
बिहीबार राजविराज आइपुगेका गृह मन्त्री खाँणले स्थानिय तहको निर्वाचनलाई स्वच्छ, मर्यादित, धाँधलीरहित सम्पन्न गराउन सुरक्षा निकायले निर्देशन दिएका छन् ।
सुरक्षा प्रमुखहरुसँग निर्वाचन केन्द्रित सुरक्षा अवस्था बारे छलफल पश्चात् नेपाली काँग्रेसका स्थानिय नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री खाँणले चुनावलाई स्थानिय सरकार निर्माणको संज्ञा दिँदै यसलाई मर्यादित र निश्पक्ष ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले स्थानिय तहको निर्वाचनले स्थानिय सरकारको गठन गर्ने भएकाले यसलाई निष्पक्ष र मर्यादित बनाउनु सबैको साझा कर्तव्य भएको भन्दै निर्वाचन स्वच्छ र मर्यादित भए योग्य र सक्षम नेतृत्व पाउनुका साथै गाउँ, नगरको विकाससँगै लोकतन्त्र पनि मजबुत भएर जाने उल्लेख गरे ।
उनले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको प्रमुख दायित्व रहे पनि यसमा सबै राजनीतिक दल र तीनका उम्मेदवारले पनि उत्तिकै भूमिका खेल्नु पर्ने आवश्यकता रहेको जिकिर गरे । मन्त्री खाँण यसअघि सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको दर्शन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ