News Category 2079/01/23
स्वार्थका लागि अन्यत्र गएकाहरुको राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केही साथीहरु मिशन र पार्टी छोडेर व्यक्तिगत स्वार्थका लागि अन्यत्र गएकोमा उनीहरुको राजनीतिक भविष्य सुनिश्चित नरहने बताएका छन् ।
शुक्रबार राजविराजमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले निहित स्वार्थका लागि पार्टी छोडेर गएकाहरुको राजनीतिक भविष्य दिगो नहुने उल्लेख गरे । उनले जनताका लागि गरिने मिशनको राजनीति नै टिकाउ हुने कुरा समेत बताए ।
मधेशवादका प्रणेता स्व.गजन्द्र नारायण सिंहका सच्चा अनुयायीको रुपमा रहेका इमान्दार, त्यागि र संघर्षशील कार्यकर्ता अहिले पनी आफूहरुकै साथमा रहेको उनको दाबी थियो । जनताको सेवा गर्न र मधेशवादका लागि संघर्ष गर्ने योद्धाहरुको तयारीमा आफूहरु लागिरहेको बताउँदै उनले केही व्यक्तिले स्वार्थका लागि पार्टी छोड्दैमा केही फरक नपर्ने उल्लेख गरे ।
विचार र सिद्धान्तलाई अंगिकार गरि अघि बढेकाहरुलाई निर्वाचनमा जिताउन कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले आगामी निर्वाचनमा सप्तरीमा पनि आफूहरुको पक्षमा सकारात्मक चुनावी परिणाम आउने दाबी पनि गरे ।
गत स्थानिय निर्वाचनमा सप्तरीका १८ मध्ये ५ स्थानिय तहमा बिजयी हासिल गरेको तत्कालिन राजपा पार्टी हाल लोसपाले यस पटक भने तीन वटा स्थानिय तहमा उम्मेदवारी दिएको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ