News Category 2079/01/26
राजविराजमा अन्तिम चरणको कसरत

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै सप्तरी सदरमुकाम राजविराज नगरापालिकामा मत आ–आफ्नो पक्षमा पार्न राजनितिक दल र तीनका उम्मेदवारहरु अन्तिम चरणको प्रयासमा जुटेका छन ।
मौन अवधी शूरु हुनु अघि नै उम्मेदवारहरु चर्काे गर्मीका बाबजुद पनि मतदाता नजिक धमाधम पुग्न थालेकका छन् ।
गत स्थानीयतहको निर्वाचनमा नगर प्रमुख पदमा यहाबाट तत्कालीन राजपाका उम्मेदवार शम्भु प्रसाद यादव निर्वाचित भएका थिए । उनले अर्का मधेशवादी दल संघिय समाजवादीका भिमराज यादवलाइ १३ मतको झिनो अन्तरले पराजित गरेका थिए ।
अहिले फेरी दुबै जना आमनेसामने भएका छन । तर यस पटक शम्भु प्रसाद यादव पार्टी परिर्वतन गरी नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका छन् भने भीमराज यादव जसपाको तर्फबाट चुनावी मैदानमा छन् ।
नेपाली काँग्रेसले युवा जुझारु नेता इर्साद अन्सारीलाई प्रतिस्पर्धामा उतारेको छ । यसले काँग्रेसलाई चुनावमा उत्साहित पारेको छ । “हामी निरन्तर मजबुत बन्दै गएका छौं, काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार अंसारीले भने–यस पल्ट मधेश आन्दोलनको राप र ताप खासै छैन, नगरवासीले परिर्वतन र विकास काँग्रेसले नै गर्न सक्छन भन्ने बुझेका छन ।”
उनले आफ्नो प्रतिस्पर्धा जसपाका भीमराज यादवसंग रहेको बताए । जसपाका भीमराजले जसपा प्रति नगरवासीको मोह अझ कायम रहेको र केही दिन यता यस पार्टीमा जोडिनेको संख्या पनि बुद्धि हुदै गएको बताउदै जित्ने दाबी गरे । “संगठनको मामिलामा पनि अहिले काँग्रेस भन्दा निकै बलियो छौं, उनले भने –जितको अन्त्यन्त नजिक छौ । यद्धपी काँग्रेस नै निकटतम प्रतिद्वन्दी हुने अनुमान गरेका छौं ।
नगरवासीले भने यहाँ प्रमुख राष्ट्रिय राजनीतिक दलहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने बताइरहेका छन् । लोसपाका दिपेन्द्र चौधरी र नेकपा माओवादी केन्द्रका शम्भु प्रसाद यादव, नेकपा एकीकृत समाजवादीका नथुनी दास पनि कोण सभा र घरदैलो कार्यक्रमलाई तिब्रता दिदै जीतको नजिक पुग्न प्रयासरत छन् । उनीहरु पनि आ–आफ्नो जीत हुने दाबी गरिरहेका छन् ।
यहा एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेश साह, नेपाल प्रगतिशिल पार्टीबाट अशोक साह, जनमत पार्टीबाट ममता झा पनि प्रमुख पदमा उम्मेदवारी दिदै चुनावी मैदानमा छन । सबैले नगर विकासको साझा मुद्दालाई नै अघि सारेका छन । सबैले आ–आफ्नै दाबी गरे पनि कसले बाजी मार्ला ? भन्ने बारे अहिले निकै तर्क विर्तक र वहस हुन थालेको छ ।
यता उम्मेदवारहरु रंगी चंगी झण्डा बोकेर टोल टोलमा कार्यकर्ता साथ नाचगान गर्दै मत माग्ने गरेको दृष्य दिनभर देखिने गरिएको छ । चर्काे घाममा दिनभरीको थकान मेट्न नपाउदै राती अबेर सम्म कार्यकर्ता भेटघाट, कोठे बैठक र कपि कलम, क्यालकुलेटर राखेर कुन वडाबाट कस्को कती मत आउने र थप मतको जोगाड कसरी गर्ने भन्नेबारे हिसाब किताब समेत हुने गरेको विभिन्न दलका उ्रम्मेदवारका समर्थकहरुले बताएका छन् ।
यहाँको निर्वाचनमा जातीय मतले पनि ठुलै प्रभाव पार्ने गरेको छ । एक उम्मेदवारले भने “त्यसैले कुन जातीको कती मत हो ? त्यसको पनि डाटा संकलन र हिसाब किताव गरि सम्बन्धित जातीका अगुवालाई परिचालन गर्ने काम भईरहेको छ । राजविराज नगरपालिकामा नयाँ थप सहित ४० हजार ३६ मतदाता छन् । १६ वटा वडा रहेको राजविराज नगरपालिकामा ३० बैशाखमा हुने निर्वाचनका लागी नगरक्षेत्र भित्र २७ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यलय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ