News Category 2079/01/27
चोरी भएको बस महोत्तरीमा फेला प¥यो
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
तीन दिन अघि घर अगाडीबाट चोरी भएको एउटा बस प्रहरीले पत्ता लगाई मंगलवार सवारी धनीलाई बुझाएको छ ।
राजविराज ८ निवासी प्रदिप कुमार जैनको घर अगाडी पार्किंङ गरिराखिएको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी गणेश ट्राभल्स नामक वस शनिवार राती चोरी भएको थियो ।
उक्त बस राजविराजबाट करिब २ सय किलोमिटर टाढा पश्चिम महोत्तरी जिल्लाको लक्ष्मीनीयाँ गाउँबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार खोज तलास जारी राखेकै बेला सोमवार मध्य राती लक्ष्मीनीया गाउँमा एउटा विद्युतको पोलमा उक्त बस ठोकिएको अवस्थामा फेला परेको हो । उनले चोरी गरी लाने ब्यक्ती बस छाडेर भागेको लक्ष्मीनीया प्रहरी चौकीबाट खबर प्राप्त भए लगत्तै सप्तरीबाट प्रहरी टोलीसहित सवारी धनीलाई पनि त्यसतर्फ पठाएर चोरी भएको सोही बस रहेको पुष्टि भएको बताए ।
बस चोरी भएको भोली पल्टै विहान आईतवार सावरीधनी जैनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागी निवेदन दिएका थिए । उनले बस चोरी हुदाँका क्षणको सिसी क्यामेराको फुटेज पनि प्रहरीलाई उपलब्ध गराउदै खोज तलासका लागी आग्रह गरेका थिए ।
प्रहरीले सिसी क्यामेराको पुृmटेजको आधारमा चोरी भएको बसको सम्पुर्ण विवरण मुलुक भर तथा सिमाक्षेत्रका भारतीय प्रहरी एकाईहरुमा समेत फोटो सहितको विवरण पठाई खोज तलास व्यापक बनाएको थियो ।
चोरी गरी लाने ब्यक्तीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ