News Category 2079/01/27
मौन अवधीको पूर्वसन्ध्यामा राजविराजमा दलहरुद्वारा शक्ति प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तरगत मौन अवधीको पूर्व सन्ध्यामा मंगलबार विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
चुनावी प्रसार प्रसारको अन्तिम दिन मंगलवार प्रमुख तथा साना राजनैतिक दल र तीनका उम्मेदवारले शक्ति प्रर्दशन गरेका हुन् ।
राजविराजमा विहानैदेखी ती राजनैतिक दल र तीनका उम्मेदवारहरुले नाँचगान गर्दै मतदातालाई रिझाउन आ–आप्mनो पार्टीको झण्डा र चुनाव चिन्हसहित मोटरसाईकल ¥याली तथा जुलुस निकाल्दै शक्ति प्रर्दशन गरे ।
मंगलवार राती १२ बजे देखी मौन अवधी शूरु हुने भएकाले प्रचार प्रसारको अन्तिम दिन पारेर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतले नारा जुलुशसहित नगरको विभिन्न क्षेत्रमा शक्ति प्रर्दशन गर्दै मतदातालाई आ–आफनो पक्षमा तान्ने प्रयास गरे । यो क्रम साँझ अबेर सम्म जारी रहयो । विभिन्न दलहरुले दिनभर गरेका शक्ति प्रर्दशनका कारण राजविराजको विभिन्न सडकहरु अवरुद्ध समेत भएको थियो ।
राजविराज नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट अनिल झा, नेपाली काँग्रेसबाट इर्शाद अन्सारी, नेकपा माओवादी केन्द्रबाट शम्भु यादव, नेकपा (एकिकृत समाजवादी) बाट नथुनी दास, जनता समाजवादी पार्टीबाट भीमराज यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, नेपाल प्रगतिशील पार्टीबाट अशोक साह र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन ।
शक्ति प्रर्दशन पछि छुट्टा–छुट्टै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सबै दलका नेता तथा उम्मेदवारले आप्mनै पार्टीका उम्मेदवार नै नगर निर्वाचनमा दुई तिहाई भन्दा बढी स्थानमा जित्ने दाबी गरे । ४० हजार ३६ मतदाता रहेको राजविराज नगरपालिकाको निर्वाचनमा प्रमुख राजनीतिक दल बीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ