News Category 2079/01/27
मौन अवधीको पूर्वसन्ध्यामा राजविराजमा दलहरुद्वारा शक्ति प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तरगत मौन अवधीको पूर्व सन्ध्यामा मंगलबार विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
चुनावी प्रसार प्रसारको अन्तिम दिन मंगलवार प्रमुख तथा साना राजनैतिक दल र तीनका उम्मेदवारले शक्ति प्रर्दशन गरेका हुन् ।
राजविराजमा विहानैदेखी ती राजनैतिक दल र तीनका उम्मेदवारहरुले नाँचगान गर्दै मतदातालाई रिझाउन आ–आप्mनो पार्टीको झण्डा र चुनाव चिन्हसहित मोटरसाईकल ¥याली तथा जुलुस निकाल्दै शक्ति प्रर्दशन गरे ।
मंगलवार राती १२ बजे देखी मौन अवधी शूरु हुने भएकाले प्रचार प्रसारको अन्तिम दिन पारेर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतले नारा जुलुशसहित नगरको विभिन्न क्षेत्रमा शक्ति प्रर्दशन गर्दै मतदातालाई आ–आफनो पक्षमा तान्ने प्रयास गरे । यो क्रम साँझ अबेर सम्म जारी रहयो । विभिन्न दलहरुले दिनभर गरेका शक्ति प्रर्दशनका कारण राजविराजको विभिन्न सडकहरु अवरुद्ध समेत भएको थियो ।
राजविराज नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट अनिल झा, नेपाली काँग्रेसबाट इर्शाद अन्सारी, नेकपा माओवादी केन्द्रबाट शम्भु यादव, नेकपा (एकिकृत समाजवादी) बाट नथुनी दास, जनता समाजवादी पार्टीबाट भीमराज यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, नेपाल प्रगतिशील पार्टीबाट अशोक साह र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन ।
शक्ति प्रर्दशन पछि छुट्टा–छुट्टै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सबै दलका नेता तथा उम्मेदवारले आप्mनै पार्टीका उम्मेदवार नै नगर निर्वाचनमा दुई तिहाई भन्दा बढी स्थानमा जित्ने दाबी गरे । ४० हजार ३६ मतदाता रहेको राजविराज नगरपालिकाको निर्वाचनमा प्रमुख राजनीतिक दल बीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ