News Category 2079/01/28
राजविराजमा सबै भन्दा बढी तथा बलानबिहुलमा सबै भन्दा कम मतदाता
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा सबै भन्दा बढी तथा जिल्लाको बलानबिहुल गाउँपालिकामा सबै भन्दा कम मतदाता रहेका छन् ।
यस पटकको निर्वाचनमा जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरि कुल मतदाता संख्या ४ लाख १२ हजार ४ सय ४५ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सो कार्यालय अनुसार राजविराज नगरपालिकामा २१ हजार १ सय ७० पुरुष, १८ हजार ५ सय २० महिला र २ अन्य गरि ३९ हजार ६ सय ९२ मतदाता रहेका छन् ।
त्यस्तै सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा ७ हजार ६ सय २० पुरुष र ६ हजार ७ सय ९८ महिला गरि १४ हजार ४ सय १८ मतदाता रहेका छन् ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ९ हजार ३ सय १० पुरुष, ९ हजार ६ सय २३ महिलार ४ अन्य गरि १९ हजार ९ सय ३७, कंचनरुप नगरपालिकामा १७ हजार ८ सय ७२ पुरुष, १७ हजार ४ सय ३३ महिला र ४ अन्य गरि ३५ हजार ३ सय ९, खडक नगरपालिकामा १५ हजार ३ सय ९ पुरुष, १५ हजार ७ सय २३ महिला र ४ अन्य गरि ३१ हजार ३६, छिन्नमस्ता गाउँपालिकामा ९ हजार ५ सय ८१ पुरुष र ८ हजार १ सय ७६ महिला गरि १७ हजार ७ सय ५७, डाक्नेश्वरी नगरपालिकामा १५ हजार २३ पुरुष र १३ हजार ४ सय १२ महिला गरि २८ हजार ४ सय ३५, तिरहुत गाउँपालिकामा ७ हजार ७ सय ४० पुरुष र ६ हजार ९ सय १४ महिला गरि १४ हजार ६ सय ५४ मतदाता रहेका छन् ।
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार ५ सय ५१ पुरुष र ९ हजार ९० महिला गरि १९ हजार ६ सय ४१, बोदे बरसाइन नगरपालिकामा १द्ध हजार ३ सय ९९ पुरुष र १३ हजार २ सय ५६ महिला गरि २७ हजार ६ सय ५५, महादेवा गाउँपालिकामा ८ हजार ९ सय ३६ पुरुष र ७ हजार ९ सय १४ महिला गरि १६ हजार ८ सय ५०, राजगढ गाउँपालिकामा ९ हजार ९ सय १६ पुरुष र ८ हजार ६ सय ४४ महिला गरि १८ हजार ५ सय ६०, रुपनी गाउँपालिकामा ९ हजार ४ सय ८५ पुरुष, ८ हजार ६ सय ७९ महिला र एक अन्य गरि १८ हजार १ सय ६५, विष्णुपुर गाउँपालिकामा ८ हजार ८५ पुरुष, ६ हजार ९ सय ८१ महिला र एक अन्य गरि १५ हजार ६७, शम्भुनाथ नगरपालिकामा ११ हजार ८ सय ४९ पुरुष, १२ हजार १० महिला र ४ अन्य गरि २३ हजार ८ सय ६३, सप्तकोशी नगरपालिकामा ७ हजार ६ सय ५९ पुरुष र ७ हजार ८ सय २ महिला गरि १५ हजार ४ सय ६१, सुरुङ्गा नगरपालिकामा १४ हजार ५ सय ४९ पुरुष, १४ हजार ९ सय ६० महिला र एक अन्य गरि २९ हजार ५ सय १० तथा हनुमाननगर कंकालिनी नगरपालिकामा १४ हजार ८ सय ३८ पुरुष र १२ हजार ५ सय ९७ महिला गरि २७ हजार ४ सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ