News Category 2079/01/28
विशेष सुरक्षा योजना लागु
दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासनले निर्वाचन सुरक्षा केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना जारि गर्दै निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ ।
स्थानिय तहको निर्वाचनमा सप्तरी जिल्लामा २ सय ९७ मतदान स्थल र ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । उक्त सबै स्थानमा निर्वाचन कार्यालयबाट खटाइएका कर्मचारी र नेपाल प्रहरी निर्वाचन सम्बन्धी सामाग्रिका साथ परिचालन भई आवश्यक सुरक्षा र अन्य व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मतदान स्थलमा कुनै पनि अमर्यादित र अशान्ति मच्चयाउने प्रयास भए त्यस्तो कार्यम संलग्नलाई आवश्यकता अनुसार बल प्रयोग गरि नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही गरिने उनको भनाई छ ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएकोमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ । जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरू मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ